RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

News

MoU signed for Apprenticeship Program in Province 1

विराटनगर:मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा सुनसरी–मोरङका उद्योगमा तालिम सहितको रोजगारी उपलब्ध गराउन लागिएको हो । ग्रामिण उद्योग तथा बिप्रेषण आयोजना, समृद्धि हेल्भेटास र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १को संयुक्त आयोजनामा भएको एक कार्य क्रमका विच तालिम दिइ दक्ष बनाएर रोजगार उपलब्ध गराउने बारेको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योगलाई चाहिने दक्ष जशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गर्नु भएको हो ।
कार्यस्थलमै तालिम दिई दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई विभिन्न ६ उद्योगले रोजगारी दिने कार्यकारी निर्देशक भण्डारीको भनाई छ । उद्योगको माग अनुसारको दक्ष जनशक्ति अभाव भएपछि सम्वृद्धि र हेल्भेटासको प्राविधिक सहयोगमा रोजगारीको सुनिश्चितासहित तालिम आयोजना गरिने भण्डारीले जानकारी दिनुभयो ।
सहभागीहरुलाई कार्यस्थलमै ६ महिना तालिम दिइ दक्ष बनाएर उद्योगमै अन द जब रोजारी दिइने सम्झौतामा उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रम तथा औद्योगिक प्रशिक्षण तालिम सञ्चालनार्थ अभिमुखिकरण कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले माग अनुसारको दक्ष जनशक्ति नहुँदा उद्योगमा दक्ष रोजगारको अभाव रहेको बताउनुभयो ।
श्रेष्ठले उद्योगमै तालिम दिँदा उद्योगलाई चाहिएको दक्ष कामदार उपलब्ध हुने र परिवारसँगै बसेर स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने दाबी गर्नुभयो ।
प्रदेश १ मा प्लाइ, छड र सिमेण्ट उद्योगमा दक्ष कामदारको अभाव रहेको उद्योगीको भनाई छ ।
यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष लिलम बस्नेतले निजी क्षेत्रले दक्ष कामदार पाउन नसकेको बताउनुभयो । स्वदेशमै रोजगार पाउने वातावरण भए सम्वृद्ध नेपाल, सुखी नेपालीको सरकारको नारा पनि सार्थक हुने उहाँको भनाइ छ । उद्योगको माग अनुसारको दक्षता नहुँदा २०÷२५ हजार रुपैयाँको लागि विदेश जानु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहराले रोजगारीको सिर्जना गर्नु नै अहिलेको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले कृषिमा आश्रित अर्थतन्त्रलाई उद्योगमा आश्रित बनाउन दक्ष जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनु पर्ने बताउनु भयो । दक्ष जनशक्ति अभावले उद्योगहरु समस्यामा रहेको उहाँको भनाइ छ ।
ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजनाका प्रदेश १ संयोजक राकेशकुमार झाले उद्यमशिलता वृद्धि तथा रोजगारीको सृजना गर्न आयोजनाले उद्योग वाणिज्य महासंंघ र हेल्भेटाससँग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको उद्योगमा माथिल्लो तहमा दक्ष विदेशी कामदार राख्नु पर्ने अवस्था रहेको भन्दै त्यो अवस्था अन्त्य गर्न यस्ता तालिमहरु उपयोगी हुने बताउनुभयो ।
विराटनगरका रघुपति जुटमिल, स्वस्तिक जुट मिल, दुहवीको अरिहन्त फाइवर्स, इटहरीका पल्स फेसन सलुसन, रिलायन्स स्पिनिङ र सगरमाथा गारमेण्टमा १ हजार ४० जनालाई तालिम सहित रोजगारी दिइने छ ।

News Source, OB News https://bit.ly/2SR7Ayr

Recent News

Copyright RERP | SAMRIDDHI © 2020