RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

News

CoPoMIS तालिम सम्पन्न

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना '”समृद्धि” ले ‍स्थानीय तहका लागि सहकारी संस्थाहरुको अनुगमन, नियमन र प्रवर्द्धन विषयक क्षमता विकास गर्ने उद्देश्य सहित मिति २०७८ मसिंर २१ गते देखि २२ गते सम्म आयोजनासंग सहकार्य संझौता भएका पालिकाका कर्मचारीहरुलाई २ दिने CoPoMIS संचालन सम्वन्धी तालिम प्रदान गरेको छ । यस क्रममा सहकारीसंग सरोकार राख्ने सेवा प्रवाहका लागि स्थानीय तहसंग रहेको क्षमता र सामर्थ्यको अधिकतम उपयोग गर्दै आफ्नो कार्यक्षेत्रभित्र सहकारी क्षेत्र विकासमा दूरदृष्टि र संस्थागत संरचना क्षमता अभिवृद्धि गरि सहकारी संस्थाहरुलाई दिगो र समुन्नत बनाउने रणनीति अख्तियार गरेको छ।

उक्त तालिममा कार्यक्रम कार्यान्वयन भईरहेका बारा, रौतहट, सर्लाही,महोत्तरी, सिन्धुली, धनुषा, सिरहा र सप्तरी समेत ८ जिल्लाका २६ पालिकाका ५१ जना सहकारी शाखा प्रमुख तथा सूचना शाखाका प्रमुखहरूको सहभगिता रहेको थियो। सोहि कार्यक्रममा आयोजनाले उपकरण सहयोग स्वरूप ल्यापटप हस्तान्तरण गरेको थियो। सम्बन्धित स्थानिय निकायहरूलाई आयोजनाको समन्वयमा सेन्टर फर माइक्रोफाइनान्सको प्राविधिक सहयोगमा एक वर्ष अवधिका लागि कोचिङ र मेन्टरिङ सहयोग प्रदान गरिने छ । तालिम कार्यक्रममा सहकारी विभागका आईसिटि विज्ञ श्री अमोद पुडासैनीको प्रमुख सहजीकरण रहेको थियो।

 

Recent News

Copyright RERP | SAMRIDDHI © 2020