RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

News

खोटाङको लफ्याङमा ३० जना कृषकलाई कृषी सामाग्री वितरण

प्रकाशित मिति: २९-पौष-२०८० ४:५१,

 


खोटाङ (रेडियो ओखलढुंगा )खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङमा ३० जना कृषकलाई कृषी समाग्री वितरण गरिएको छ । समृद्धि आयोजना द्धारा सञ्चालित कार्यक्रम अन्तर्गत साप्सु कालिका कृषक समुहका ३० जना कृषकहरुलाई कृषी समाग्री विरण गरिएको हो ।
शनीबार (हिजो) एक कार्यक्रमको विच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङका कृषकहरुलाई ,थोपा सिंचाइ सेट , २ सय लिटरको हिलटयाकी , पाइप ,हजारी एग्रोनेट र टनेल लगायतका कृषी सामाग्री वितरण गरिएको समृद्धि आयोजनाका सुपरभाईजर तारानाथ फुयालले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तिर्थराज भट्टाराईको प्रमुख आतिथ्यतामा , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ५ का वडा अध्यक्ष दिनेश घिमिरे , कृषी शाखा प्रमुख तेज प्रसाद जैसी , नगरकार्य समिति सदस्य झोलेन्द्र विश्वकर्मा , समृद्धि आयोजनाका सुपरभाईजर तारानाथ फुयाल र कृषकहरुको उपस्थितिमा कृषकलाई कृषी समाग्री वितरण गरिएका हुन ।समृद्धि आयोजनाले सञ्चालन गरिएका कार्यक्रमहरुले दिक्तेलमा तरकारीको सहज पहुँच भएको र मुल्य घटेको बताउँदै नगर प्रमुख भट्टाराईले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनेमा आफु विश्वस्त रहेको नगर प्रमुखको भनाई छ । यस्तै खोटाङ जिल्लामा व्यावसायिक रुपमा तरकारी खेती सुरुवात गर्ने र कृषकहरुले उत्पादित तरकारीको बजारको सुनिश्चत बजारीकरणको लागी व्यापारिसंग समन्वय गरि दैनिक खसीको मासुको बजार विस्तारमा समृद्धि आयोजनाले गरेको कार्य प्रति नगर प्रमुखले धन्यवाद समेत व्यक्त गरेका छन ।
आयोजनाले सोलार लिफ्टिङ लगायतका भौतिक कामहरुले पनि नगरपालिकालाई समृद्ध बनाउन कोसेढुंगा सावित हुने नगर प्रमखको बुझाई रहेको छ । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का वडा अध्यक्ष दिनेश घिमिरेले कार्यक्रम पाउनु मात्रै ठुलो कुरा नभई आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र कृषकहरुको हकहितको लागी , लाग्नुपर्ने बतानुभयो ।उत्पादित बस्तुले सहि मुल्य पाउनु र कृषकहरुको आर्थिक , समाजिक हैसियत उकास्नु मुख्य उदेश्य भएकाले यसमा लाग्नु सबै कृषक समुहका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका कृषी शाखा प्रमुख तेज प्रसाद जैसीले थोपासिंचाई प्रविधि नयाँ भएकोे र पानि नभएको स्थानमा पनि थोरै पानिले पनि सञ्चालन हुने तरकारी बढी भन्दा बढी फलाउन सक्ने भएकाले यो प्रविधिलाई प्राविधिक सहयोग नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्दैै ,एकजना प्राविधिक १ महिनाको लागी खटाईदिने उहाँको भनाई छ । कार्यक्रमा बोल्दै नगर कार्य समितिका सदस्य झोलेन्द्र विश्कर्माले समुद्धि आयोजनाले गरेको काम उपलब्धि मुलक भएको भन्दै सबैले यसमा साथ दिनुपर्ने बताए । समृद्धि आयोजनाले खोटाङ जिल्लामा हरियो तरकारी आपुर्ति शृखला अन्र्तगत मल्चिङ प्रविधि थोपासिचाई सेट प्लास्टिक टनेल एग्रोनेट र जालि लगायतका समाग्ीहरु वितरण गरेर कार्यकम सञ्चालन गरिरहेको छ । कार्यक्रमा बोल्दै समृद्धि आयोजनाका प्रतिनिधि तारानाथ फुयालले समृद्धि आयोजनाले गरेका काम बारे स्थानिय सरोकारवालाले चासो राखेर साथ दिएकोमा धन्यवाद व्यस्त गरेका छन ।

News Link: https://radiookhaldhunga.com/?p=8285

Recent News

Copyright RERP | SAMRIDDHI © 2020