RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

सिप पाएको युवा वैदेशिक रोजगारका लागि जानै नपर्ने भयो

बिस बर्षिय शिव नारायण महतो लहान नगरपालिका वडा नं. २४ का बासिन्दा हुन् । उनको मलहन्मा गाँउ लहान बजारबाट ३५ कि. मी. टाढा पर्छ । उनको परिवारमा आमाबुवा र भाइ गरी जम्मा ४ जना सदस्यहरु छन् । सामान्य किसान परिवारमा जन्मेका शिव नारायण महतोले कक्षा १० सम्मको अध्ययन गरेका छन् ।  गाँउमा रहेको जम्मा ५ कट्ठा जग्गाको खेतीपातीबाट घरखर्च नपुग्ने भएकाले उनका बुवा फुर्सतको समयमा डकर्मीको काम पनि गर्छन । घरको आर्थिक अवस्थाले साथ नदिएका कारण उच्च शिक्षाको अवसरबाट बञ्चित शिव नारायण महतो केही समय पहिलेदेखि न्यून ज्यालामा वायरिङ्गको काम गर्न थालेका थिए ।

सन् २०१९ को सुरु तीर नेपालमा राम्रो  कमाइ नहोला जस्तो लागेर उनले वैदेशिक रोजगारीमा जाने सोच बनाई पासपोर्ट लगायतका अन्य आवश्यक कागजातको तयारी समेत गरिसकेका थिए । “वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेकै बेला साथीभाइ मार्फत हाउस वायरिङ्ग (भवन ईलेक्ट्रिसियन) को नि:शुल्क तालिम हुन गइरहेको कुरा मैले थाहा पाएँ । थाहा पाउने बित्तिकै लहान बजारमा गई आवश्यक कुरा बुझेर तालिममा सहभागी हुन भनि फारम भरेँ । तालिमका लागि  छनौट भएपछि दैनिक ३५ कि. मी. टाढाबाट साइकलमै आवतजावत गरि तालिममा नियमित सहभागी भएँ ” शिव नारायण महतो आफ्ना संघर्षका दिन सम्झन्छन् । तालिमको अन्तिम चरणमा अन दि जब का लागि प्रशिक्षकले उनलाई एउटा विद्यालयको भवनमा वायरिङ्ग गर्ने जिम्मा लगाएका थिए । चार दिनमा उक्त विद्यालय भवनको काम सकेका शिव नारायणले दैनिक रु. २,००० का दरले आम्दानी गरेको थिए । यसबाट प्रभावित भएर घरमा गएर आफ्ना आमाबुवालाई वैदेशिक रोजगारीमा नजाने निर्णय सुनाएको कुरा मुस्कुराँउदै सुनाउँछन उनी ।

“नेपालमा बसेर केही गर्न सकिन्न । कमाउन विदेश नै जानुपर्छ भन्ने मेरो सोच तालिमले बदलिए दिएको छ । अहिले म साथीहरुलाई पनि सिप सिकेर आफ्नै देशमा कमाउन सकिन्छ भन्ने कुरा सुनाउँछु।

२०७६ को जेठ महिनामा सुरु भएर भदौमा समापन भएको तालिमपछि करीब १ महिना स्थानीय ठेकेदारको मातहतमा दैनिक रु. ५०० का दरले ज्यालामा काम गरेका शिव नारायण हाल आफै ठेक्का लिई काम गर्छन । गाँउमा भन्दा सहरमा बढी रोजगारीको सम्भाव्यता भएकोले हाल उनी लहान बजारमा कोठा भाडामा लिएर बस्छन । मासिक रु. १२,००० देखि १८,००० सम्म खुद आम्दानी गरिरहेका शिव नारायण महतो १ जना अर्ध दक्ष कामदारलाई रोजगारी समेत दिइरहेकाछन । हालै उनले आफ्नो र बुवाको  आम्दानी जोडेर सिरहाको धनगढीमाई बजार मा ५ धुर जग्गा किनेका छन् । तालिमका माध्यमबाट नेपालमै रोजगारको अवसर जुटाइ सुरक्षित भविष्य  प्रदान  गरेको मा उनी─ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट  संचालित ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) अन्तरर्गत सञ्चालित “समृद्धि” आयोजना लगायत तालिम तथा रोजगार सेवा प्रदायक संस्था गण्डकी पोलिटेक्निक इन्ष्टिच्युटका साथै आयोजनालाई प्राविधिक सहयोग गर्ने संस्था  हेल्भेटास नेपाल प्रति आभार व्यक्त गर्दछन् ।

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020