RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

एक्लै होइन जुटेरै अघि बढ्छौँ

खोटाङ्, दिक्तेल वडा नं. १४ को उर्लेनी गाँउमा अहिले सेता टनेलहरु जताततै देख्न सकिन्छ । विहान बेलुका तरकारीको जोहो गर्न मात्र तरकारी खेति गर्ने यहाँका किसानहरु केही वर्षदेखि एकजुट भएर  व्यवसायिक खेतिमा लागेका छन् । वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरुको अगुवाईमा ३२ जना कृषकहरु मिलेर २०७५ सालमा उर्वरा तरकारी उत्पादन समुह गठन गरे । स्थानीय स्तरमा टमाटर र वेमौसमी तरकारीको प्रचुर माग देखेर व्यक्तिगत लगानीमा खेतिहरु गर्न थाले । तर प्राविधिक ज्ञान नभएकाले उत्पादन खासै राम्रो भएन । यसै क्रममा समृद्धि आयोजनासँग समुह आवद्ध भयो र आयोजनाको प्राविधिक तथा वित्तीय सहयोगले उत्पादनमा क्रमिक सुधार हुन थाल्यो । 
सबैले तरकारी उत्पादन गरे पनि बजारको अस्वस्थ प्रतिस्पर्धाका कारण उचित मुल्य पाएका थिएनन् । आफू आफूमा कस्ले सस्तोमा बेच्ने भन्नेमा प्रतिस्पर्धा हुन्थ्यो । एउटाले भन्दा अर्कोले आधा कम मुल्य मै बेच्ने । यसैक्रममा आयोजनाको सहजीकरणमा सामुहिक खेति र बजारीकरणको संभावनाबारे छलफल भयो । एकआपसमा जुटेर गर्ने सहमति अनुसार पानी तथा तरकारी उत्पादनको संभावना भएको पाँच टोललाई समेटेर क्लष्टर बनाइ सामुहिक उत्पादन गर्न थाले । एक क्लष्टर बरावर १०० रोपनी जतिमा खेति गरेका छन् । डाँडाबाट देखिने ४१५ वटा सेता टनेलहरुले रमणीय गाउँलाई झनै सुन्दर बनाएको छ । व्यवसायका लागि सामुहिक खेति हो भने व्यक्तिगत प्रयोजनका लागि घरघरमा पनि तरकारी फलाउछन् । नजिकैको पञ्चेडाँडामा तरकारी संकलन गरिन्छ । व्यापारीहरु कुमार आचार्य, दैवराम राई र बाबुकाजी कार्कीले त्यहाँबाट दिक्तेल, अर्खौले, ऐसेलुखर्क, पञ्चेडाँडा, हलेसीमा तरकारी बेच्छन् । 
बाख्राको मल मात्र प्रयोग गरी परम्परागत रुपमा गर्ने खेति भन्दा आफैँले बनाएको घोल र प्राङ्गारिक मल प्रयोग गर्दा उत्पादकत्व बढेको छ । हरेक महिनाको पाँच गते समुहको वैठक बस्छ । सामुहिक सवाल र आय व्ययमा छलफल हुन्छ । उत्पादनका लागि रोलक्रम अनुसार श्रम गरिन्छ । हाल दैनिक ५०० केजी भन्दा बढी उत्पादन हुन्छ । सामुहिक खेतिलाई नगरपालिकाले अपनत्व लिएको छ । समुहले तराईमा १० धुर जग्गा जोडेको छ । आम्दानीको पाँच प्रतिशत हितकोषमा राखेको बाहेक नियमित बचत पनि गरेका छन् । हालसम्म चार लाख बचत भएको छ । जसले किसान पेन्सनको व्यवस्था गर्ने योजना छ । योजना बनाएर मात्र खेति गर्ने उनीहरु चाँडै उत्पादन समिति, बजार समिति पनि गठन गरी समुह व्यवस्थापमा जोड दिने योजनामा छन् । फजुल खर्च कटौति गरी आयव्यव व्यवस्थित गर्न हरेक घरमा खाता राखेको छन् । समुहका अध्यक्ष छत्रमानले भने, “साझेकी बाझे भन्छन् तर हामी मिलेरै अघि बढ्छौँ । गाँउमा विदेशबाट फर्केर आउँने हरेकलाई यहीँ रोक्ने आधार तयार गर्छौँ” । 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020