RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

वैदेशिक रोजगारी छोडेर माछा पालनमा रमाउँदै बहरदार परिवार

मुख्य विषय–वस्तु:  मत्स्य आपूर्ति श्रृङ्खलाको प्रवर्द्धन  

सामाजिक इकाई : सुनसरी, रंगेली वडा नं. ६ गोठीटोल

सफलताको कथा मिति:  फाल्गुन, २०७६          

रंगेली वडा नं. ६ निवासी गोठीटोल निवासी वर्ष ३५ का सुर्जा बहरदार पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण वि.सं. २०६० सालमा खाडी मुलुक हानिए । १६०,००० रूपैया स्थानीय एजेन्टलाई बुझाएर मलेशिया पुगेका उनको तलब खाना सहित नेपाली रूपैंया ४०,००० हुने भनिएपनि १८  घण्टा खट्दा पनि जम्मा २३,००० रूपैंया मात्र पारिश्रमिक हात लाग्यो । उनी छाँगाबाट खसेजस्तो भए र ऐजेन्टसँग कुरा गर्न कोशिस गरे, तर सम्पर्क हुन सकेन । तीन वर्षे सम्झौता सकिएपछि घर फर्केका उनी पुनः पुर्खौली पेशामा फर्किने निधो गरे ।

श्रीमान विदेशमै रहँदा करिब दुई कट्ठा जमीनमा रहको दुई वटा पोखरीमा माछा पालन गरी सुर्जाकी श्रीमती शीलाले दुईजना छोराछोरी र आमालाई जेनतेन पालिरहेकी थिइन् । जब सुर्जा फर्किए, आफ्नो जग्गा नभएपछि वार्षिक ९०,००० तिर्ने गरी पाँच वर्षका लागि १५ कट्ठा जमीन भाडामा लिए र माछा उत्पादनलाई विस्तार गरे। संयोगबस वि.सं. २०७५ फागुनमा 'समृद्धि' आयोजनाले गोठीटोललाई माछा उत्पादन क्लस्टरको रूपमा पहिचान गर्यो ।

वैदेशिक रोजगारीबाट फर्केकालाई यस आयोजनाले उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गर्ने काम गर्छ भन्ने सुने पछि शीला पनि आयोजनाद्वारा सञ्चालित माछा आपूर्ति श्रृङ्खला  बहुसरोकारवाला गोष्ठीमा सहभागि भइन् । आयोजनाद्वारा स्थानीयस्तरमा भएको व्यवसाय सम्बन्ध (बी२बी) अन्तरक्रियामा पनि सहभागि भएकी उनले उत्पादन, प्रविधि तथा बजारीकरण जस्ता कुराहरूबारे थाहा पाइन् र माछापालनलाई व्यवसायिक बनाउने विचार गरिन् । त्यसपछि ४३ जना माछा उत्पादन कृषकहरूको बहरदार मत्स्य कृषक समूह गठन भयो, जसमा उनलाई अध्यक्षको जिम्मेवारी दिइयो ।

बी२बी अन्तरक्रिया पश्चात विराटनगरका एक माछा व्यापारी र सो समूहबीच माछा खरीद–बिक्रि गर्ने सम्झौता भयो । पोखरीको भाडा तिरेर अहिले सुर्जा दम्पतिले वार्षिक २,००,००० रूपैंया कमाउँछन् । सुर्जाले हामीसँग भने “घर चलाउने, छोराछोरीको पढाइ खर्च, चाडवर्ष, स्वास्थ उपचार गरेर केही पैसा बचत गर्ने पनि गर्छौ । आफ्नी श्रीमतीको सल्लाह, सुझाव र साथले विदेशमा दुःख पाएपनि अहिलो आफ्नै घरमा बसेर १७, १८ हजार मासिक कमाउँछौ” । व्यापारीलाई बेचेर रहेको ज्यूँदो माछा आयोजनाको ३० प्रतिशत अनुदान रहेको साइकलमा राखेर रंगेली बजारमा बेच्ने गरेको उनले बताए । "पहिलाको तुलनामा उत्पादनमा वृद्धि मात्र नभएर बिक्री पनि सहज भएको छ " उनीहरूले थपे।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020