RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

आधुनिक बाख्रा पालन सम्भव भयो

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका वडा नः ६ नेर्पाका ३९ वर्षिय राम काजि पराजुलि आधुनिक तवरले व्यावसायिक बाख्रा पालनमा लागेका छन् ।

वि.स.२०५६ सालमा एस.एल.सी. पास गरी २०५८ सालमा नेपाली सेनामा भर्ति भई २ वर्षमा नै सेनाको जागीर छाडेका रामकाजि पराजुलिले २०६३ सालबाट परम्परागत रुपमा बाख्रा पाल्न सुरु गरे । पुरानो तरिकाको बाख्रा पालनले आम्दानि धेरै हुन नसके पछि उनी पुनः २०६९ सालमा पासपोर्ट बनाएर कतार गए । कतारमा आँफुले सोचे जस्तो कमाई नभए पछि करिब १ वर्षमा नै नेपाल फर्किए । नेपाल फर्किएको केहि समयमा नै उनलाई पितृ शोक पर्यो, त्यसपछि घरको एक मात्र छोरा पराजुलि माथि थप परिवारीक भार आइलाग्यो । उनी सँग पुर्खौलि खेति पाति सामान्य जमिन र घर बाहेक अन्य कुनै आम्दानिको स्रोत नभएको हुनाले बाख्रा पालन व्यावसायलाई व्यावसायिक बनाउने अठोटका साथ पुरानै व्यावसायलाई निरन्तरता दिइरहे । यतिबेला उनीसँग २ माऊ २ वटा पाठापाठी गरी जम्मा ४ वटा मात्र बाख्रा थिए ।

पराजुलिको व्यावसायलाई व्यवस्थित गर्न श्रीमती अम्बिका पराजुलिको महत्वपूर्ण साथ रह्यो । उनले महिला विकासमा अनुरोध गरी ५ दिने बाख्रा पालन तालिम लिइन् । मेहनति पराजुलि दम्पतिले अब बाख्रालाई नै आम्दानिको प्रमुख श्रोत बनाउने गरी कार्य गर्दा सहयोगि हातहरुको खोजि गरिरहे । "त्यस्ता सहयोगि भेट्न नसकिरहेको अवस्थामा मोहोरिया पल्खु बाख्रापालन समुह मार्फत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले हामीलाई खोज्दै आयो ", उनले बताए।

आयोजनाको अभिमुखिकरणले उनमा थप उर्जा दिलायो । परम्परागत रुपमा पाल्दै आएको बाख्रालाई आधुनिक रुपमा परिवर्तन गर्न खोर सुधार, नश्ल सुधार, आहारा व्यावस्थापनसँगै व्यावसाय जोखिम न्युनिकरण गर्न पशु बिमा अपरिहार्य रहेको कुरा आयोजनासंग सम्बद्ध भएपछि ज्ञान प्राप्त भयो । 

व्यावसायलाई व्यावस्थापन गर्न समृद्धि आयोजनाले सहलगानीमा खोर सुधार, आहारा व्यावस्थापन, नश्ल सुधार, प्राविधिक सहायता गर्ने गरी सम्झौता भई पहिलो किस्ता प्राप्त भएको हुदाँ खोर सुधार पहिलो प्राथमिकतामा राखि निर्माण गरिरहेको र क्रमशः घाँसको व्यावस्थापन र उन्नत जातको जोहो गर्ने पराजुलि बताउँछन् । थप्छन्-- " हरेक व्यावसायको प्राविधिक पक्ष र बजार जान्न जरुरत हुँदो रहेछ, त्यसैले पशुको सामान्य उपचार र बजारको पहुँच विस्तार गर्न समृद्धि आयोजना हाम्रा लागि निकै नै सहयोगी भएको छ। बाख्रा पालन हामी जस्ता परिवारको लागि सबै भन्दा उत्तम व्यावसाय हो भन्ने विश्वास झन् जागेको छ" ।

पराजुलिसँग हाल ६ माउ बाख्रा र १० खसिबोका गरी खोरमा १६ वटा बाख्रा छन् । उनले वार्षिक सम्पूर्ण उत्पादन लागत कट्टा गरी एक लाख पचास हजार भन्दा बढी कमाई गरि रहेको र सोही कमाइले एउटा छोरालाई सिभिल इन्जीनियर पढ्न आर्थिक सहयोग प्रदान गर्न सकेको र अर्को पनि बनाउने क्रममा रहेको बताए । उनले बाख्रा  पालन व्यावसायबाट एक वटा सानो मिल पनि जोडेका छन् । भन्दछन्- "आफ्नो सारा घर परिवार त्याग गरी विदेशमा जति समय दिई खटीन्छ त्यति समय स्वदेशमा आफ्नै परिवारसँग रम्दै खट्ने हो भने सामान्य जीवन यापनको लागि पैसाको खाँचो हुँदैन, त्यसैको उद्दाहरण म प्रस्तुत गर्न चाहन्छु"।  उनको यस्तो विचार र कार्यलाई समृद्दी आयोजनाको कार्यक्रमले साथ दिइनै रहेको छ । पराजुलिको कार्यलाई नजिकबाट नियालि रहेका बाख्रा पालन समुहका अन्य सदस्यहरुले सिक्न लायक कार्य भनि तारिफ गरि रहेका छन् ।

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020