RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

सीप विनाको वैदेशिक रोजगार: रामकिशोर बन्नु पर्यो ठगीको शिकार

रौतहट जिल्ला सबगढाका २५ वर्षिय रामकिशोर साहको आर्थिक अवस्था निकै दयनीय थियो । जसले गर्दा उनलाइ आफ्नो र परिवारको जीवन धान्न निकै नै गाह्ये पर्यो। यस स्थितिबाट पार पाउनको लागि रामकिशोर साहले बिदेश जाने विचार गरे । २०७५ चैत्र ३० गते एजेन्टको माध्यमबाट १ लाख १० हजार रुपैंया तिरेर साउदीको सहव रियाद लियजिङ कम्पनीमा लेबर पदमा काम गर्न उडे। त्यहाँ पुगेपछि उनले काम त पाए तर नेपालमा भनिएको सुपर मार्केटमा लोडिङ तथा अनलोडिगं गर्ने नभई पोल्र्टी फर्ममा लेबरको काम मात्र पाए। त्यो काम पनि २५ दिन गरेपछि उनले थप काम पाएनन् । काम नपाएपछि उनलाई खान र बस्न समेत अपठ्यारो भयो । घरको समस्या टारेर पैसा कमाउने सपना बोकेर साउदी पुगेका रामकिशोर साहको सपना सपना नै रह्यो ।

परिवारसँग उनको समस्याको बारेमा नियमित सम्पर्क भईरहेको थियो । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धी) र गौर नगरपालिकाको साझेदारीतामा जिल्ला प्रशासन कार्यालय, गौरमा सञ्चालित आप्रवासी श्रोत केन्द्रले यो समस्या समाधान गर्छ भन्ने थाहा पाएर रामकिशोरका भाई साथमा भएको सम्पूर्ण कागजातहरु लिएर आप्रवासी श्रोत केन्द्रमा गए । ठगीमा परेको घटनाको कागजात बुझेर आप्रवासी श्रोत केन्द्रले रामकिशोरसँग थप कुरा बुझी सेन्टर फर माइग्रेशन एण्ड इन्टरनेशनल रिलेसन्स् (सि.एम.आइ.आर.) काठमाण्डौको सहयोगमा उनलाई त्याहाँ पठाउने काठमाण्डौ स्थित डेस्टिनेशन प्लेशमेन्ट म्यानपावरसँग रामकिशोरलाई फिर्ता पठाउन र जाँने क्रममा तिरेको पैसा फिर्ताका लागि कुरा भयो । म्यानपावर कम्पनीले समस्या समाधानमा कुनै तत्परता देखाएन । त्यसपछि यो समस्या बैदेशिक रोजगार बिभागमा पुर्याइयो । तर १ लाख १० हजार रकम बुझाएको भएता पनि रु.१० हजारको मात्र रसिद भएकोले एजेन्टलाई बुझाएको सबै रकम फिर्ता पाउने स्थिति देखिएन ।

रामकिशोरलाई फिर्ता ल्याउन र तिरेको सबै रकम फिर्ता दिलाउनका लागि आप्रवासी श्रोत केन्द्रको सहजिकरणमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पश्चात् ईलाका प्रहरी कार्यालय, राजपुर नगरपालिकाका प्रमुख र एजेन्ट संजिव यादव सहितको छलफल भयो । यो छलफल पश्चात एजेन्टले लिएको रकम फिर्ता दिन र उनलाई साउदीबाट फर्काउने सहमति भयो । सो सहमति बमोजिम रामकिशोर २०७६ भदौ २० गते नेपाल आइपुगे । यसका साथै उनले म्यानपावर कम्पनीबाट रु. ६० हजार र एजेन्टबाट रु.५० हजार पनि फिर्ता पाउन सफल भए । यसरी आप्रवासी श्रोत केन्द्रको सहजिकरणमा सि.एम.आइ.आर.जिल्ला प्रशासन कार्यालय र मेयरको संयुक्त्त पहलले रामकिशोरलाई फिर्ता ल्याउन र उनले तिरेको रकम फिर्ता गराउन सफल भयो ।

आफूसँग कुनै सिप नभई श्रमिकको काममा एजेन्ट मार्फत विदेशमा काम गर्न जाँदा ठगीमा परेर रित्तो हात फर्किनु परेको कुरा सम्झिँदै रामकिशोर साह आफूलाई सहयोग गरेकोमा आप्रवासी श्रोत केन्द्रलाई धन्यवाद दिँदै अब स्वदेशमा नै केहि जिउने सोच बनाएका छन् भने अरुलाइ पनि विना सिप बिदेश नजाने सुझाव दिन चाहन्छन् ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020