RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

नयाँ प्रविधिले सहज बनायो

सुनिता चौलागाँइ, वर्ष ४८ एक छोरा, एक छोरी र श्रीमान् गरी चार जनाको परिवारमा चौ.न.पा ९, हडियामा बस्छिन् । वैदेशिक रोजगारीमा रहेका श्रीमान् शिव चौलागाँइको कमाइमा मात्र भर नपरी आफूले पनि केही गर्नुपर्दछ भन्ने मनसायले सुनिताले दुई ओटा लोकल गाईबाट व्यवसाय सुरु गरिन् । पाँच वर्षको विदेश बसाइपछि २०७३ सालमा शिव घर फर्किएपछि यी  दम्पतीले गाईपालनलाई अघि बढाउने निधो गरे । यसका अलावा खेतीपाती पनि गर्दथे । तथापि खासै राम्रो आम्दानी भने थिएन । 

कहिले स्थानीय साइकलवाला दुध सङ्कलक कहिले बरमझियाका पेडावाला र कहिले गाईघाटका डेरीवालालाई दुध बेच्ने सुनिताले त्यो बेला मिल्क होलिडेको समस्या खेप्नु पर्दथ्यो । गाईलाई खोरेत, थुनिलो लगायतका रोग लागेर दिक्क बनाउथ्यो । त्यसै बेला समृद्धि आयोजनाले कृषक समूहसँग सहकार्य गर्न प्रस्तावना आव्हान गर्यो  । यस्तै सहयोगी हातहरुको खोजी गरिरहेकी सुनिता गौरी गोसाइँ पशुपालन कृषक समूहमा आवद्ध भएर आयोजनाबाट सञ्चालित बि २ बि कार्यक्रम, वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम र पशुपालन प्राविधिक तालिममा सहभागी  भइन् । त्यसपश्चात प्राविधिक रुपमा धेरै सहज भएको छ उनलाई । समृद्धि आयोजनाको आर्थिक सहलगानीमा गोठ सुधार, उन्नत घाँस खेती  र चाँपकटर जस्ता प्रविधि प्रयोग गरेपछि परम्परागत प्रविधिबाट धेरै पछि परिएको रहेछ भन्ने महसुस् भएको बताउँदै सुनिता भन्छिन्,

पहिला धेरै समस्या भयो, दबाइ पानीमा धेरै खर्च भयो । बस्तुलाई अहिले रोग कम लागेको छ । थुन पखालेर दुहुनु पर्ने, सरसफाइमा ध्यान दिनु पर्ने, ब्याउनु अगाडि र ब्याएपछि खुवाउने दाना तथा घाँसबारे ज्ञान भयो । थुनिलो नियन्त्रण भएको छ । गोठ सुधार भएपछि सरसफाइमा सुधार भएको छ | आफैँले घाँस उत्पादन गर्दा समयको बचत भएको छ ।  कुटि काटेर खुवाउदा बस्तुले पराल नास नपार्ने, एकैचोटि घाँस हालेर छोड्दा हुने, दुध पनि बाक्लो आउने, पहिले ४२ रु प्रति लि. बेचेको दुध अहिले ६० सम्म बिक्री भइरहेको छ ।”

अहिले उनको गोठमा भएको दुई ओटा दुहुना र तीन ओटा गाभिनो जर्सी जातका गाईहरू परिवारको आयआर्जनको दरिलो स्रोत भएको छ । १२ लि. सम्म दैनिक दुध बेच्छिन् सुनिता । दुध सङ्कलन गर्ने चाँजोपाँजो मिलाउन चौ.न.पाले चिलिङ्ग भ्याटा सहयोग गरेपछि जनोत्थान कृषि सहकारी संस्थाले दुध सङ्कलन गर्दछ । जस्मा उनी सदस्य छिन् ।

श्रीमान् श्रीमती  खेती  र गाईबस्तुको चाकरमा खटिन्छन् । छोरी डिप्लोमा पढ्दै छिन् । छोरा वैदेशिक रोजगारीमा छन् । व्यावहारिक रुपमा सबै व्यवस्थापन मिलाएकोमा उनी सन्तुष्ट देखिन्छिन् । ‘दुईटी छोरीको विवाह गरियो । दुध बेचेर जोगाएको पैसामा थपथाप गरी दुई  कठ्ठा जति जग्गा जोडेका छौँ |’ उनले हामीसँग बताइन् । गत साल आफ्नै गोठमा उत्पादन भएको एउटा गाई र एक गोरु बेचेका थिए । पछि फेरि जुम्ल्याहा बाछी पायो । ती पनि ब्याउने छन् अहिले । ब्याएपछि एउटा माऊ चाहिँ बेच्ने योजना रहेको उनले बताइन् ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020