RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

स्वदेशमै कमाइ गरी रमाउँदै नेत्र

तेह्रथुम जिल्ला, जिरीखिम्ती नगरपालिका अम्फुवा निवासी ४० बर्षिय नेत्र प्रसाद लिम्बु आजभोली  खुसी छन् । उनको खुसीको कथा यस प्रकार रहेको छ । नेपालका अन्य युवाहरु झै उनी  पनि  राम्रो कमाइको आश बोकी सन् २०१२ मा लागि मलेशिया  गएका थिए ।  तर त्यहाँ उनले सोचे जस्तो कमाइ गर्न सकेकन् । ५ बर्ष सम्म विदेशी भूमिमा दिनरात नभनि पसीना बगाउँदा पनि उनले आफू विदेश जाँदाको ऋण तिर्न बाहेक परिवारलाई राम्रोसँग दुई छाक खाने गरी समेत कमाउन सकेनन् । विदेशबाट फर्किएपछि उनी उही पुरानो किसानी पेशामा लागेर नै दिनहरु बिताइरहेका थिए । उनको सानो खेतबारीको उत्पादन परिवारकै उपभोगका लागि त मनग्य थिएन भने त्यसबाटै व्यवसायिक खेती गरी कमाउन त झन असम्भव नै थियो । यस्तो परस्थितिमा उनी अन्य  केही व्यवसाय सुरु गर्ने भन्ने सोचमा थिए तर त्यसका लागि आवश्यक सिपको  अभाव थियो उनीसँगै । यसै बीचमा एक दिन उनीका साथी मार्फत उनले जिरीखिम्ती बजारमा संचालन हुन गइरहेको डकर्मी तालिमको बारेमा जानकारी पाँए । विगतमा पनि उनले बेलाबेला डकर्मी काममा सहयोगी भएर काम गरेको अनुभव भएकाले उक्त  तालिममा सहभागी हुन उनी उत्सहित भए ।  कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको आर्थिक सहयोग, हेल्भेटासको प्राविधिक सहयोगमा उध्योग‚ बाणिज्य तथा आपूर्ति मञ्त्रालयबाट सञ्चालित समृद्धी आयोजनाको  सहयोगमा कान्तिपुर बहुप्राबिधिक शिक्षालय प्रा.लि, चितवनद्धारा संचालनहुन गैरहेको डकर्मी  तालिमका लागि आवेदन  भरे , अन्तरबार्ता दिएर नाम निकाल्न उनी सफल  भए । तत्पश्चात  ६५ दिने डकर्मीको तालिम पनि उनले सफलतापूर्वक पूरा गरे ।

तालिम पश्चात देखि नै नियमित डकर्मीको काम गरिरहेका नेत्रप्रसाद भन्छन्, “तालिममा अनुभवी प्रशिक्षकहरुले धेरै भन्दा धेरै प्रयोगात्मक सिकाइमा जोड दिएकाले हरेक सीप राम्रोसँग सिक्न पाइयो जसले गर्दा काम गर्न धेरै नै सजिलो भयो । यदि समृद्धी आयोजनाले यो तालिम संचालन नगरेको भए सायद म अहिले कि त खेतीपातीकै कामबाट जेनतेन गुजारा गरिरहेको हुन्थे कि भने विदेशको भूमिमा पसिना बगाइरहेको हुन्थे ।”

तालिम पश्चात एक वर्ष भित्र मात्रै  उनले १० वटा घर आफै ठेक्कामा लिएर निर्माण गरिसकेका छन् । उनले आफूसँगै थप २ जना दक्ष र १ जना अदक्ष गरि ३ जना डकर्मीहरुलाई समेत रोजगारी दिएका छन् । अलि कम बोल्ने स्वाभावका नेत्रप्रसाद आफ्नै गाँउठाँउमा काम गर्न पाँउनुको खुसी यसरी प्रकट गर्दछन्‚ “विदेशमा हुने भन्दा बढी कमाइ त यही बसेर गरिराखेको छु । कम्तिमा पनि महिनाको रु ३५००० जति कमाइ हुने गरेको छ । घरखर्च गरेर पनि केही रकम बचत सम्म हुने गरेको छ ।”

हुनपनि डकर्मी पेशाबाट सन्तुष्ट नेत्रप्रसादले गाँउमै बसेर नाम र दाम दुवै कमाइरहेका छन् । अहिले घरहरु निर्माण गर्दा गाँउलेहरु उनीसँग नै परामर्श लिन्छन् । अब आगामी दिनमा यो भन्दा माथिल्लो स्तरको तालिम (तह–२) लिएर अझ यो भन्दा वृहतरुपमा यही पेसालाई निरन्तरता दिने सोचमा रहेका नेत्रप्रसाद अन्य युवाहरुलाई पनि सिप सिकेमा बेरोजगार भएर बस्नु नपर्ने र विदेशमा कमाउने जति यही बसेर पनि कमाउन सकिने विचार  राख्दछन् ।

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020