RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

कतारबाट फिर्ता भएका नर भक्तको सफल व्यावसायिक यात्रा

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ वस्ने नर भक्त राईको आर्थिक अवस्था सामान्य रहेको छ । नर भक्तले जालपा मा.वि. बाट दश कक्षा सम्मको अध्ययन गरेका छन् । नर भक्त को परिवारमा एक छोरी र तीन छोरा गरी छ जनाको परिवार रहेको छ । नरभक्तले परिवारलाई सुखि राख्नको लागि कतार जाने सपना वोकेर दश वर्ष कतारमा ग्रुप अफ सेक्युरिटीमा काम गरे । उनलाई विदेशमा जति दुःख गरे पनि नपुग्ने रैछ भन्ने लाग्यो र गाउँ फर्के ।

कतारको दश वर्ष बसाई पछि उनलाई लाग्यो “यसरी कडा मेहनत गरे नेपालमा नै केहि गर्न सकिन्छ”। यसै सोचका साथ उनी गाउँ फर्किए । गाउँमा रहेर व्यवसाय सुरुवात कसरी गर्ने भन्ने सल्लाह प्राप्त गर्न स्थिति नभएका कारण उनलाई कहाँबाट कसरी सुरू गरौं भन्ने दुविधा रहि रह्यो ।

उनी बताउँछन् – “ जालपामा पहिले देखिनै ब्रोईलर कुखुराको माग निकै नै हुन्थ्यो र त्यस प्रकारको व्यवसायमा शुरू गर्न पाए पक्कै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा मनमा आयो र  आफ्नै गाउँमा रहेको जग्गामा व्यावसाय सुरुवात गर्ने सोच राखें” । वि.सं. २०७२ सालमा उनले आँफुसंग भएको केहि रकममा ऋण थपेर  कुखुराको खोर निर्माण गरे।  एक लाख लगानिबाट १ सय वटा चल्ला किने र व्यवसाय सुरु भयो।  त्यस बेला पनि प्रति के. जी. रु ३५० रुपैंयामा मासु विक्रि हुन्थ्यो।

वित्तिय स्रोत र सहि सल्लाहको अभाव भै रहेको बेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ स्थित रहेको जनसेवा वचत तथा ऋण सहकारी संस्थावाट वित्तिय शिक्षाको तालिम संचालन हुँदैछ भन्ने उनले सुने । सहकारीमा खोजि गर्दै जाँदा ─ग्रामीण उद्यम तथा विप्रेषण आयोजना संगको साझेदारीमा वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम हुने जानकारी पाएका उनी तत् पश्चात तालिममा सहभागि भए । उनी पहिलेबाट नै सहकारी संस्थाको सदस्य भै चोमालुङ बचत समुहमा बचत जम्मा गर्दै आएका थिए ।

सहकारी संस्थावाट संचालित तीन दिनको वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिममा पारिवारिक वजेट वनाउने देखि आम्दानीको श्रोत र खर्चको विवरण, वचत, पैसा र जिवनको सम्वन्ध, आम्दानी सन्तुलन,वित्तिय लक्ष्य निर्धारण र व्यस्थापन ,व्यवसायदर्ता तथा व्यावसायिक योजना निर्माण,वित्तिय सेवा ग्राही तथा वित्तिय सेवाप्रदायक संस्थावारे ज्ञान प्राप्त भयो । सो तालिममा सिकेको कुरा सुनाएर योजना बनाउने कुरा गरेपछि र आम्दानी तथा खर्च गर्ने तरिका जाने पछि परिवार पनि झन् खुसि भयो ।

उनलाई पहिला आँफुले लिएको ऋण कसरी तिर्ने भनेर खुब डर लाग्यो । तर व्यावसायिक तालिम पछि व्यवसायिक योजना कसरी बनाउने, ऋण लिन सक्ने उपायहरू थाह पाए । यसरी योजना बद्ध व्यावसाय गर्ने तरिकाबाट व्यवसाय गर्दा सफल हुने रहेछ भन्ने बुझे र अझ वढी उत्साहित भए । उनको व्यवसाय पहिले नै दर्ता भएकोले परिवार संग छलफल गरि व्यवसायिक योजना बनाएर आँफु सदस्य रहेको जनसेवा वचत तथा ऋण सहकारी संस्थामा कर्जाको लागि कागजात पेस गरे । सहकारी संस्थाले योजना साच्चै सफल हुने देखेर उनलाई व्यवसायिक सहुलियत कर्जा प्रदान गरेको छ । उनले प्रत्येक महिना रु १००००। मासिक व्याज वुझाउने गरि पाँच किस्तामा प्रत्येक वर्ष रु २,००,०००/- वुझाउने गरी कर्जा लिएर सुधारीएको ब्रोईलर कुखुरा फर्म चलाएका छन् । उनले आँफूले बनाएको योजना अनुसार प्रत्येक महिना सहकारीमा ब्याज बुझाएका छन् । व्यवसायवाट वार्षिक रु ७५००००/- आम्दानी हुनेु गरेको छ । उनले व्यावसायको बिमा गरी जोखिम कम गर्ने योजना पनि तय गरेका छन् ।

तीन दिनको व्यावहारिक ज्ञान तालिम पश्चात युवराजको परिवारमा सकरात्मक परिवर्तन भएको छ । घर परिवार सबैले व्यवसायमा सहयोग गरेका छन् । व्यवसाय गर्नु भन्दा पहिला गाउँ डुलेर, साथि भाई संग गफ गरेर समय बिताउने गरेको उनी सम्झन्छन् तर अहिले उनलाई समयको राम्रो सदुपयोग भएको मात्र हैन घर परिवारमा हुने सानो सानो कुराको मन मुटाब पनि कम भै परिवार खुसि भएको महसुस हुन्छ । व्यवसायको आम्दानीबाट उनको परिवार राम्ररी चलेको  छ । उनको व्यवसाय देखेर गाउँमा पनि साना साना व्यवसाय संचालन गर्ने युवाहरुको संख्यामा वृद्दी भएको छ ।

विदेशवाट फर्केका जय राम राईले पनि उनले जस्तै लेयर्स कुखुरा फर्म संचालन गरेका छन् भने रण कुमार राईले बंगुर फर्म संचालन गरेका छन् । उनीहरुको व्यावसाय पनि राम्ररी नै संचालन भएको बताउँछन् । अरु विदेश जानका लागि मनसाय वोकेका युवाहरु पनि अहिले उनी संग सर सल्लाह लिने गरेका छन्।

नर भक्त र उनका श्रीमतिले सहकारीमा नियमित बचत गदै आएका छन् । बचत रकमलाई नियमित हुने मासिक खर्च घटाएर बचतमा वृद्दी गर्ने योजना रहेको छ । सहकारीमा नियमित बचत गरेको रकमले उत्पादन क्षेत्रमा लगानि गर्ने साथै आँफुले संचालन गरेको व्यवसायलाई वृद्दी गर्ने योजना बनाएका छन् । व्यवसाय संचालन पछि उनको परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आएको छ । गाउँ समाजमा उनको छुट्टै परिचय बनाएकोबारे आफु सन्तुष्ट रहेका छन् ।

आगामी दिनहरुमा पनि उनी व्यवसायमा नै लगानि गर्ने योजना रहेको बताउँछन्। ब्रोईलर कुखुराको साथै─ हाँस र बंगुर पालन र छिट्टो नगद आम्दानी दिने बालिमा पनि लगानि गरी व्यावसायिक बन्ने साथै सुधारिएको आधुनिक कृषिलाई अघि बढाउने सोच उनमा रहेको छ। गाउँ टोलमा रहेका व्यावसायिहरुको समुह बनाएर एक आपसमा सहयोग गर्ने साथै बजारको खोजि गरी वाह्य आम्दानी गर्न सके आफ्नो गाउँको आम्दानीमा वृद्दि गर्न सकिने उनी बताउँछन् ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020