RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

कान्तिवजारका किसानमा उर्जा थपियो

गौशला नगरपालिका मोहत्तरीका वार्ड न १२, कान्तिबजार आसपासका करीब ५०० घर परिवारका साना किसानहरुको आम्दानीको मूख्य श्रोतको रुपमा रहेको पशुपालन तथा दुग्ध उत्पादन कार्यलाई व्यवस्थित  बनाउने उद्देश्यले करिब ४ वर्ष अघि साना किसान कृषि सहकारी संस्थाको स्थापना गरिएको थियो ।  दुग्धको बजार सुनिश्चित गर्न साना किसानहरुको अग्रसरतामा स्थानीय उपभोक्ता तथा डेरीहरुलाई दुग्ध बेच्ने गरि सहकारीले किसानहरुको दुध खरिद गर्ने कार्य प्रारम्भ गर्यो । दिन प्रतिदिन सहकारी संग किसानहरुको आवद्धता बढ्दै गयो र दुग्ध संकलनको मात्रा पनि बढ्दै जादा दैनिक ५-७ सय लीटर दुग्ध संकलन हुन थाल्यो ।

एकातिर दुग्ध संकलनको मात्रा बृद्धि हुदै जानु र बजारको ब्यवस्थापन गर्नु सहकारीको निम्ति मुख्य चुनौती थियो  भने अर्को तिर किसानहरुको दुग्ध नियमित बिक्री नहुँदा किसानहरुमा आफ्नो व्यवसाय प्रति नै नैराश्यता बढ्दै जानु अर्को समस्या थियो। तर समृद्धि आयो बजार पनि ल्यायो, यी सबै समस्याहरुको सामाधान पनि भयो भन्दै सहकारीका अध्यक्ष हरिहर महतोले खुशी व्यक्त गर्नु भयो ।

महोत्तरी जिल्लाको गौशला नगरपालिका र ग्रामीण उध्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वायन गर्ने  सम्झौता पश्चात कान्तिबजार वरपरका किसानहरुमा उत्साह थपिएको छ। आयोजनाको सहयोगमा संचालित पशुपालन तथा पशु आहार,स्याहार र उपचार सम्वन्धी तालिम र बारा स्थित सहकारी संस्थाको अध्ययन अवलोकल भ्रमण पश्चात किसानहरुको व्यवहारमा गुणात्मक परिवर्तन आएको छ। आयोजनाको आर्थिक सहयोग र सहकारीको प्राविधिक सहयोगमा सदस्यहरुमा संचालित वित्तिय शिक्षा र व्यवसायिक ज्ञान सम्वन्धी तालिमले किसानहरुमा सकारात्मक धारणाको विकास भएको छ ।  

पहिले हाम्रो दुग्ध विक्री हुदैन थियो । २ पैसा कमै दिए पनि मेरो दुग्ध बिक्री होस जस्तो लग्थ्यो तर अहिले हामी सबै दुग्ध सहकारीलाई दिन्छौ र आवश्यक परे सहकारीबाटै किन्छौ । सबैको दुग्ध बिक्री भएको छ । हामीले नसोचेको मूल्य प्राप्त गरेका छौ । यसका लागि आयोजनालाई धन्यवाद भन्दै शिव कुमार महतोले आभार व्यक्त गर्नु भयो । ४० वर्षीय शिव कुमार महतोले अव सहकारीबाटै ऋण लिएर भए पनि उन्नतजातको गाई भैंसी थप गर्ने योजना सुनाउंदै अब बजारको समस्या नहुने भएकोले अब व्यवसाय प्रति बिश्वस्त रहेको धारणा व्यक्त गरे।

आयोजनाको पहलमा  साना किसान सहकारी र नेपाल डेरीको बीचमा व्यवसायीक छलफल पश्चात हप्ताको ३ दिन दैनिक १००० लिटर दुग्ध खरिद बिक्री गर्ने सम्झौता भएको छ । सो सम्झौता  कार्यान्वायन को प्रभाव कान्तिबजार वरपरका  किसानहरुमा देखिएको छ । किसानहरुको सहयोग र विकासका निम्ति  किसान,सहकारी र नेपाल डेरीको सहमतिमा किसान कल्याण कोष स्थापना गरिएको छ  र सो कोषमा किसान र सहकारीले प्रति लिटर २५-२५ पैसा र नेपाल डेरीले ५० पैसा रकम लगानी रहनेछ ।  सम्झौतामा ईमान्न्दारीता र व्यवसायमा दीगोपना ल्याउन सबै किसान लागि परेका छन् । किसानहरुको साझा प्रयत्न मनन योग्य छ । छरछिमेक,आफन्तको नाममा आफ्नो व्यवसायमा घात नगर्ने प्रण गरेका छन् । उत्पादित सबै दुग्ध सहकारीमा दिने र आवश्यक परे सहकारीकाबाटै लिने परम्पराको थालनी गरेका छन । जुन बजार प्रबर्द्धनको दृष्टिकोणले काशेढुंगा नै बनेको छ ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020