RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

वैदेशिक रोजगारमा रहेको परिवार सदस्यलाई स्वदेशमै सिप सिक्ने अवसर मिल्यो

होटलको काउन्टरमा ग्राहकले दिएको पैसा गन्दै बसेकी रुपा गुरुङलाई कसैसँग कुराकानी गर्ने  फुर्सद थिएन् ।  इटहरी–१ तरहरा, सुनसरी बस्ने रुपा गुरुङ्गको ५ जनाको परिवार छ । परिवारको आर्थिक समस्या टार्न रुपाको श्रीमान वैदेशिक रोजगारीमा छन् । एसएलसी दिए पछि विवाह भएको र पढाइ बिचमा नै छोड्नु परेको तितो अनुभव उनीसँग छ ।  आफ्नो  पढाइ कम भएका कारणले उनको मनमा जीवनमा  केही गर्न सकिदैन कि भन्ने  चिन्ता सधै  नै भैरहन्थ्यो । उनी केही काम गरेर आत्म निर्भर हुन चाहन्थिन । कमाइका लागि श्रीमानले परिवारबाट टाढा हुनुपरेकोमा उनलाई नरमाइलो लागिरहन्थ्यो  तर उनलाई के गर्ने भन्ने भने थाहा थिएन । जब उनले आफ्ना साथीहरु  मार्फत नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईफाड) बिच सम्झौता  भई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट  संचालित ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) अन्तरर्गत हेल्भेटासको प्राविधिक सहयोगमा ब्रिलियन्ट मेनपावर तालिम केन्द्र समृद्धिबाट निःशुल्क ३ महिने कुकको तालिम खुलेको जानकारी पाइन उनलाई ढुंगा खोज्दा देउता पाए झै लाग्यो । विदेशमा रहेका श्रीमान तथा घर परिवारका सदस्यहरुसँग सल्लाह गरेर तालिममा सहभागी हुने निर्णय गरेकी रुपा पूराना दिनको स्मरण गर्दे सुनाउँछिन् “सुरुमा ब्रिलियन्ट मेनपावर तालिम केन्द्र इटहरी गएर तालिम सम्बन्धि सम्पूर्ण जानकारी लिएपछि फारम भर्ने निधो त गरे तर अन्तरवार्ता दिएर पास नहुने हो कि भन्ने डर भने उतिकै थियो तर केही दिन पछि अन्तरवार्तामा सफल भएर आफू तालिमका लागि छनौट भएको खबर पाउँदा अत्यन्तै खुसी लाग्यो ।  खाजा नास्ताको व्यवस्था तालिम केन्द्रमा नै भएकोले कति पनि रकम लगानी गर्नु परेन ।”

उनी  मुहारमा खुसीको भाव झल्काउदै भन्छिन “निःशुल्क तालिम बेलैमा लिन पाएछु नत्र म कमाइ गर्न नसकी घरधन्दामा नै अल्झिरहेकै हुन्थे होला । अब श्रीमानलाई पनि विदेशबाट बोलाउनेछु अनि हामी दुवै जनासँगै बसेर होटल चलाउनेछौ।” 

कुक तालिम लिएपछि के गर्ने कसरी गर्ने भन्ने अन्यौलको अवस्थाबाट आफू मुक्त हुनसकेको र व्यवसाय सुरु गर्नका लागि सक्षम भएकोमा उनी असाध्यै खुसी छन् । उनले २०७६ को भदौ महिनामा आफ्नो होटल खोल्न रू. २ लाख ५० हजार ऋण लिएकी थिए ।  अब तिर्नु पर्ने रकम थोरै मात्र बाँकी छ । महिनाको रू. २०,००० – देखि रू २५,००० सम्म नाफा हुन्छ । होटलकै कमाइबाट घरखर्च चलिरहेको उनले जानकारी गराइन् ।

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020