RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

महालक्ष्मी-धनकुटाका कृषकका लागि “समृद्धि” आयोजनाका कार्यक्रम फलदायी

धनकुटा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित महालक्ष्मी नगरपालिका वार्ड नं ९  अन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” आवद्ध शान्ति टोल कृषि कृषक समुह सदस्य किसानहरू व्यावसायिक रुपमा बन्दा, काउली, मटरकोशा, आलु, र साग जस्ता तरकारी खेती र पशुपालन अन्तर्गत गाई, भैसी, बाख्रा पालन र कुखुरा पालन मुख्य रुपमा गर्दै आईरहेका छन् ।

पशुपालन अन्तर्गत पनि बिगत २/३ दशकदेखि नै यस समुहका कृषकहरुले उन्नत जातका गाई, भैसीपालन गरी दुग्ध उत्पादनमा जोड दिदै आएका छन् । पशुपालन व्यवसायमा आईपर्ने समस्याका बावजुत पनि यहाँका किसानहरुले उन्नत जातका गाई, भैसी र साँढे खरिद गरेर दुग्ध उत्पादन वृद्धि गरी दुग्ध जन्य व्यवसाय सञ्चालन गरी आफ्नो घर व्यवहार सञ्चालन गर्दै आएका छन् । दुग्ध व्यवसायमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ यस समुहका २५ घर परिवार लागि परेका छन् I जस मध्ये यस व्यवसायबाट प्रत्यक्ष रुपमा १७० जना जति लाभान्वित भएका छन् I

“समृद्धि” आयोजनाले दुग्ध उत्पादन व्यवसायमा जोड दिंदै दुग्ध उत्पादनमा वृद्धि र उन्नत जातको पशुपालनमा आधुनिकिकरण गरी साना किसानका लागि प्रस्ताव आह्वान गरेको सूचना प्राप्त भए पश्चात यस समुहले पनि सो कार्यक्रमको लागि प्रस्तावना पेश गर्यो । जस अनुसार समृद्धि आयोजनाको छनौटमा परी समुहका कृषकहरूले व्यावसायलाई अझ व्यवस्थित र आधुनिक ढंगले अगाडी बढाउने हौंसला प्राप्त गरे । तद अनुरूप मिति २०७६/१०/२३ मा आयोजना र समुह बिच भएको सम्झौताले समुहलाई अगाडि बढ्नको लागि थप कोशे ढुंगा सावित गरी दियो ।

समृद्धि आयोजनाको साझेदारी तथा सहकार्यमा दुग्ध व्यवसायमा कृषकलाई आत्मनिर्भर बनाउनको लागि कृषकलाई उत्साहित र प्रेरित गर्दै उन्नत जातका गाई, भैंसी र साँढेको समेत व्यवस्था गर्नुपर्ने कुरामा जोड दिंदै बिभिन्न समयमा प्रदान गरेका पशु आहार, रोग तथा गोठ व्यवस्थापन संबन्धि तालिमहरु पशुपालक किसान समुह सदस्यका लागि निकै नै सहयोगि हुन गयो। आयोजनाले सञ्चालन गरेको तालिम पाए पश्चात कृषकहरुले आफ्ना गाई भैंसीको उचित आहार व्यवस्थापन, पशु उपचार, गोठ व्यवस्थापन तथा डेरी जन्य उत्पादनको वृद्धि कसरी गर्ने भन्ने उपयोगि ज्ञान हाँसिल गर्ने अवसर प्राप्त गरे।

यसरी महालक्ष्मी नगरपालिकाका ना.प्र.स. श्री टोमराज  थापाबाट पशुपालन, पशु आहार, उन्नत जातको नस्ल सुधार, पशुमा लाग्ने रोग र रोगको पहिचान, उपचार विधि पशुलाई स्वास्थ्य राख्ने र गुणस्तरीय दुग्ध उत्पादन गर्ने तरिकाको बारेमा जानकारी प्रदान भयो भने महालक्ष्मी न.पा. कार्यालयका पशु प्राविधिक श्री अशोक खतिवडाबाट पशुलाई दिने घाँस र आहाराको मात्रा, नगरपालिकाबाट व्यवसायिक पशुपालकलाई  नि: शुल्क औषधी, सेवा, सल्लाह र सुझाव दिने जानकारी पाए पश्चात अहिले कृषकहरुले पशु आहारको व्यवस्थापन गर्ने गरेको तथा स्याहार सुसार  गर्न धेरै जानेका छन् ।

त्यसैगरी शान्ति टोलका कृषकहरुले समृद्धि आयोजनाको ३० प्रतिशत आर्थिक, प्राविधिक सहयोग/साझेदारीमा त्यसै खाली रहेको पाखा बारीमा  उन्नत जातका घाँसका विरुवा जस्तै; नेपियर, सि.ओ. फोर, अम्लिसो, हात्ति घाँस, ढुस र डाले घाँस अन्तर्गत स्थानीय जातका नेवारो, गोगने, राइखनिउ, किम्बु आदि घाँसहरु रोप्ने काम पनि सम्पन्न गरिसकेका छन् जसको प्रतिफल स्वरुप टाढा  टाढा जंगलमा गएर घाँस काट्नु पर्ने समस्याको अन्त्य हुनुका साथै समयको बचत भइ उक्त समय तरकारी बारीमा दिइ मनग्य आर्थिक आम्दानी लिन सफल भएका छन् । समृद्धि आयोजनाकै ३० प्रतिशत सहयोगका अन्य कार्यक्रम अन्तर्गत उन्नत जातका साँढे तथा राँगाको सिमेनको ए.आई. प्रविधिबाट उन्नत जातका बाछा बाछी उत्पादन गरेका, २५ घरधुरीले थलो सुधार कार्यक्रमबाट थलो सुधार गरी गाई भैसीहरु निरोगी रहनुका साथै व्यवस्थित रुपमा गाई भैसीको मल मुत्रलाई संकलन गरी उक्त मुत्रमा मात्रा मिलाइ पानी हाली विभिन्न किट नासक औषधीको रुपमा प्रयोग गर्ने गरेका र मल बारीमा प्रयोग गरी उत्पादनमा वृद्धि भएको, थलो सुधार मार्फत गोठको मल-मुत्र सदुपयोग भई बारीमा प्रयोग हुनेगरेको तथा युरिया, डी.ए .पी., पोटासको प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन भई तरकारीको राम्रो मूल्य पाइएको र अहिले Unlocking अन्तर्गतको चिलिङ्ग भ्याट र जेनेरेटर ल्याइसकिएको र अब चाडै हामीले बिचौलियालाई दुध दिनुपर्ने छैन र आफैले उचित मूल्य लिएर सिधै व्यापारी लाई दुध दिने छौ,  किसानहरू सुनाउँदछन् ।

त्यसैगरी कृषकहरुले दिनमा २-३ पटक जंगल गएर घाँस पात ल्याउनु पर्ने समस्या रहेकोमा अहिले २५ घरधुरीले “समृद्धि” आयोजनाको ३० प्रतिशत सहयोगमा २५ थान च्याप कटर मेसिन जडान गरे पश्चात, घाँस संकलन गर्न जंगल जानु पर्ने समय बचत भएको तथा उक्त च्याप कटर मेसिनबाट घाँस काट्दा घाँस खेर नजाने र गाई वस्तुले सम्पूर्ण घाँस, परालको कुटी खाने हुँदा आहारको सदुपयोग समेत हुने गरेको, गाई भैंसीको आहार उचित व्यवस्थापन हुँदा दुधको उत्पादन पनि वृद्धि भएको , पनि किसानहरूले बताए।                          

समृद्धि आयोजनाकै ग्रामीण वित्त कार्यक्रम अन्तर्गत ─ समुहका महिला सदस्यहरुलाई पशुपालनको लागि आवश्यक पर्ने ज्ञान, सिप हाँसिल गरी अगाडी बढ्न सजिलो होस् भनेर " वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम (फिक -२) " तालिम कार्यक्रम सम्पन्न भएको छ ।  यस कार्यक्रममा वित्तीय शिक्षा अन्तर्गत परिवारको आम्दानी बढाउने, आम्दानी र खर्चको सन्तुलन कसरी गर्ने, बचत गर्ने बानिको विकास, बचत गर्ने तरिका, हिसाब - किताब व्यवस्थापन, क्यालकुलेटरको प्रयोग गर्ने तरिका जस्ता दैनन्दिका वहु-उपयोगि ज्ञान तथा व्यवसायिक पशुपालनका फाइदा र व्यावहारिक शिक्षा समेत दिई निरक्षर र साक्षर दुबै खालका कृषकहरुलाई वित्तीय शिक्षाको अभियानमा सामेल गराईएको छ । यसै वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान उपलब्ध गराउने कार्यक्रम अन्तर्गत हाल सम्म ३५ वटा कक्षा सञ्चालन भई सकेका छन् ।  

ठूला तथा ग्रामीण स्तरमै रहेका वित्तिय संस्थासंग किसानको वित्तिय पहुँच अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत ─ समृद्धि आयोजनाले प्राइम कमर्सियल बैंक सिधुवा शाखाका कर्जा प्रमुख श्री डिडेश कुमार कार्कीलाई सहभागी गराई, यस समुहका महिला सदस्यहरुलाई आम्दानी र खर्चको हिसाब-किताब राख्ने तरिका, बैंकसंग कारोवार गर्दाका फाइदा, बचतका प्रकार र बचत गर्ने तरिका, खाता खोल्ने र चेक भर्ने तरिकाहरुको बारेमा प्रयोगात्मक रुपमा सिक्ने सिकाउने काम गरिएको थियो जसको फलस्वरूप पहिले २-४ जनाले मात्र बैंक खाता खोलेकोमा अहिले ८० प्रतिशतले बैंक खाता खोलि बचत तथा कारोवर गर्न थालेको यस संस्थाका अध्यक्ष श्री डिक बहादुर भण्डारी बताउँदछन्।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020