RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

पशु व्यवस्थापन तालिमले व्यावसायिक बनायो निर प्रसादलाई

 

धनकुटा नगरपालिका वार्ड न.-३ चाङ्लुङ् निवासी ३५ बर्षका निर प्रसाद न्यौपाने आजभोलि  व्यावसायिक बाख्रापालनका लागि गाँउकै अग्रज  मानिन्छन् | निर प्रसादको परिवारमा दुई छोरी, श्रीमती, आमाबाबु र एक भाइ  गरी  जम्मा ७ जना रहेका छन् | उनीहरुको प्रमुख पेसा  नै कृषि  हो | परम्परागत रुपमा पशुपालन तथा कृषि  कार्य गर्दै आएका निर प्रसादको परिवारलाई पछिल्लो  समयमा आएर घर चलाउन तथा परिवार पाल्न निकै कठिन हुँदै  थियो |

घर परिवार चलाउन गाह्रो भएपछि  उनले परम्परागत रुपमा पाल्दै आएको खसी बाख्राहरुलाई व्यावसायिक रुपमा पाल्नका लागि ८/१० ओटा बाख्राबाट १५/२० ओटा  बाख्रा बनाए तर उनलाई व्यावसायिक रुपमा बाख्रा पाल्न निक्कै गाह्रो भयो किनकि  उनीसँग व्यावसायिक बाख्रा पालनका  लागि प्रयाप्त मात्रामा व्यावसायिक र प्राबिधिक ज्ञानको अभाब थियो | बिगत सम्झदै उनी  भन्छन् “ ८/१० ओटा बाख्रालाई एक भारी  घाँस लिनको लागि दिनभरिको समय खर्चिनु पर्थ्यो | जङ्गल भिरपाखामा जानु पर्थ्यो | ठुला-ठुला रुख चढ्नु पर्थ्यो | एक भारी घाँसको लागि धेरै टाढा टाढासम्म पुग्नु  पर्थ्यो | दिनभरिमा बल्ल तल्ल एक भारी घाँस हुन्थ्यो | 

व्यवस्थित र आधुनिक खोरको बारेमा ज्ञान थिएन, नस्ल सुधारको बारेमा ज्ञान थिएन, एउटा बोका ४/५ वर्षसम्म पाल्ने परम्परा थियो जसले गर्दा जन्मिने पाठापाठीहरु रोगी  र ख्याउटे हुन्थे र केही  मर्थे पनि तर अहिले परिस्थिति फरक भएको उनी  बताउँछिन |

२०७७ फागुनदेखि ग्रामीण उद्ध्म तथा विप्रेषण आयोजना (समृद्धि) सँग जोडिएर उनले आफ्नो नेतृत्वमा आफू  अध्यक्ष भएर एउटा २६ जनाको चाङ्लुङ्मा बाख्रापालन कृषक समूह गठन गरी  आयोजनाको आपूर्ति शृङ्खला विकासमा सहकार्य गरी  आर्थिक अनुदानका साथ साथै व्यावसायिक र प्राबिधिक तालिम, पशु विमा तालिम लिई थुप्रै व्यावसायिक र प्राबिधिक ज्ञान हासिल गरिन र अहिले व्यावसायिक रुपमा बाख्रा पालेर प्रशस्त  आम्दानी लिरहेका छन् |

उनी  भन्छिन जब मैले समृद्धि आयोजनाबाट व्यावसायिक बाख्रापालन सम्बन्धी  व्यावसायिक र प्राबिधिक तालिम लिएँ  | त्यसपछि  आधुनिक खोर निर्माण, घाँस खेती , र नस्ल सुधार सम्बन्धी  धेरै ज्ञान पाएँ  जसले गर्दा अहिले मैले आधुनिक खोर निर्माण, उन्नत जातको बोका खरिद र विभिन्न प्रकारका उन्नत घाँस लगाएको छु” अहिले घाँसको लागि बिगतमा जस्तो टाढा टाढासम्म पुग्नु पर्दैन|  भिर पाखामा जानु पर्दैन आफ्नै बारीमा विभिन्न  जातका प्रशस्त  घाँस छन्  | 

उनले भने “ व्यावसायिक बाख्रापालन सम्बन्धी व्यावसायिक र प्राबिधिक तालिम लिएर घाँस तथा दाना पानीलाई राम्रोसँग व्यवस्थापन गरेर खुवाउन सके थोरै घाँस र दाना पानीबाट पनि धेरै  मात्रामा खसी बोका पाल्न सकिन्छ । बिगतमा एक भारी  घाँसबाट ८/१० वटा खसी बाख्रा पालेका निर प्रसादले अहिले त्यहि एक भारी घाँ बाट ४०/४५ वटा खसी बाख्रा पालेका छन्| बिहान हरियो घाँस, दिउसो  र बेलुका आफैले पराल, पिठो, पिना, चोकर, नुन आदिबाट बनाएको दाना खुवाउँछन्  |

आयोजनासँग जोडिएर व्यावसायिक रुपमा बाख्रा पाल्दै आएका निर प्रसादसँग  अहिले ६० ओटा बाख्रा अट्ने आधुनिक खोर, उन्नत जातको बिँउ बोका र ७ रोपनीमा विभिन्न जातको स्ताइलो, नेपियर, सुपर नेपियर, स्मार्ट नेपियेर, किम्बु, इपिल इपिल, नेवारो, जौ, आदि उन्नत घाँसहरु लगाएका छन् । समृद्धि आयोजनासँग जोडिएपछि  उनले पाएको आर्थिक अनुदानका साथ साथै व्यावसायिक र प्राबिधिक तालिमबाट आधुनिक खोर निर्माण र विभिन्न जातको घाँसहरु लगाए पश्चात बाख्राको सङ्ख्या पनि बढाएका छन् |उनले खसी बोकाबाट बार्षिक २५० लाखदेखि  ३ लाखसम्म कमाउछन्। अहिले उनको खोरमा २५ ओटा माउ बाख्रा, २० ओटा पाठापाठीहरु र १० ओटा खसीबोकाहरु छन् ।

आयोजनाले गरेको आर्थिक र प्राबिधिक सहयोगबाट प्रेरित भएर व्यावसायिक बाख्रा  पालनका लागि थप उर्जा मिलेको उनी बताउँछिन | व्यावसायिक बाख्रापालनबाट लिएको आम्दानीले राम्रोसँग घर खर्च चलाउन पुगेको छ कसैसँग ऋण लिन परेको छैन । दुई छोरीहरूलाई मासिक ७ हजार रुपैया खर्च गरेर  निजी  बोर्डिंग स्कुलमा पढाएका छन् । सानो तिनो पैसाको समस्या पर्दा तत्कालै खसी बोका बेचेर खाँचो टार्न सकेका  छन् | 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020