RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

व्यावसायिक पशुपालनमा आकर्षण

लिङ्कः  Janakpur Today (ejanakpurtoday.com)

संतोष सिंह | महोत्तरी, गौशालानगरपालिका–१२ की सरिताकुमारी कक्षा–८ मै पढ्दा श्रवण महतोसंग वैवाहिक बन्धनमा बाँधिए । कलिलो उमेरमा भएको विवाह, आर्थिक समस्या र पारस्परिक समझदारी अभावका कारण घर व्यवहारको विषयमा विवाद भइरहन्थ्यो । कहिलेकाहीं सरिताले पतिका हातबाट कुटाइ पनि खाने गर्थिन् । अहिले भने सो अवस्थामा उल्लेखनीय परिवर्तन आएको सहजै देख्न सकिन्छ । घर व्यवहार सञ्चालन, छोरा/छोरीको पठनपाठन र औषधि उपचारका लागि आर्थिक समस्या हुँदा पहिला हुुने गरेको दुबै जना बीचको विवाद अहिले साम्य भएको छ । सरिताले गाई-भैंसीपालन र दुध बेचेर दैनिक रुपमा आम्दानि गर्न थालेपछि उनिहरूबीच विवाद भन्दा पनि पशु फार्म सम्हाल्न समन्वय भएको छ ।

सरिताको दिनचर्या नित्यकर्म पश्चात गाई–गोठबाटै सुरु हुन्छ । सरिताले गाईलाई खुवाउन, सरसफाइ गर्न थाल्दै गर्दा अचेल पति श्रवणको पनि सहयोग प्राप्त हुने गर्दछ । साना किसान कृषि सहकारी संस्थाको सदस्य भएर मासिक एक सय रुपैया बचत गर्न थालेकी सरिताले "समृद्धि" आयोजनाबाट तालिम लिएर २०७८ साल देखि पशु पालन व्यवसाय शुरु गरिन् । यसले उनको घरमा आर्थिक अवस्था सुधार हुनुको साथै समाजमा उनले अगुवा किसानको सम्मान पाएकी छिन् । पशु फार्म दर्ता गर्नु अघि एउटा भैसीको दुध बेच्दा दैनिक डेढ सय रुपैंया आम्दानि गर्ने सरिता अहिले ५ गाई र १ भैसीको दुध बेचेर दैनिक ३ हजार सम्म आम्दानि गर्दैछिन् ।

लक्ष्मी बैंकबाट पाएको ३ प्रतिशत सहुलियत दर ब्याजको १ लाख ८० हजार कृषि ऋण र खरिद गरेको २ भैंसीको दूध र घरखेतको आम्दानि समेतले स्थापना गरेको पशु फार्मले उनलाई गाउँ समाजमा इज्जत(सम्मान) संगै नयाँ अवसर पनि पाउन थालेको उनी स्वीकार्छिन् । सरिता थप्छिन्(विद्यालयमा ८ कक्षा पढदै गर्दा विवाह भयो। सुरुमा घरको कामकाज, चुल्हा चौकामै सिमित थिएँ; "समृद्धि "आयोजनाको सहयोगमा गठन भएको समुहमा आबद्ध भएपछि लैगिंक कार्य सिकाइ तथा विभिन्न व्यवसायिक तालिमले सिकाएको ज्ञान सिपले चुल्हा चौकामा सिमित दिनचर्या फेरियो ।आफूले देखेको जीवनको सपना तय गरेको लक्ष्य एवम् पारिवारिक परामर्शमा तयार गरेको कोषे ढू्रंगा(माइलस्टोन)प्राप्तिका सन्दर्भमा योजनाबद्ध ढंगले कार्यान्वयन भएको पशु फार्मले आम्दानी संगै जीवनशैलीनै फेरियो।’

कमजोर आर्थिक अवस्थाका कारण बिरामि हुँदा उपचारकालागि ऋण कर्जा लिनु पर्ने, माइतीको सहयोग लिनुपर्ने सरिताको आर्थिक हैसियतअहिले बलियो भएको छ ।

गाइ-भैंसी पाल्ने किसानहरु यहाँ समूहमा संगठित भई बचत र दूध उत्पादन बृद्धिमा व्यस्त हुनथालेका छन्। सामूहिक रुपमै दुध संकलन र बिक्रीका लागि डेरीको स्थापना भएको छ । सरिता समुहको उपाध्यक्ष छिन् । सरिताले फार्मबाट उत्पादनभएको दुध पनि आफनै समूहको डेरीमा बेच्छिन् ।

डेरी नहुदा किसानले उत्पादन गरेको दुध बिक्रि नहुने र बिक्रि हुँदा पनि उचित मुल्य नपाउने समस्या थियो । डेरीले दुध साझ बिहान दुई समयमै खरिद गर्न थालेपछि गाई भैसि पाल्ने किसान उत्साहित भएको कान्तिबजार दुग्धउत्पादक कृषक समुहका अध्यक्ष रामशोभित सिंह कुशवाहाले बताए । किसानले सहजै दुध बेचेर उचित मुल्य पाएको छ, अध्यक्ष कुशवाहाले भने,‘किसानले आफनै डेरीमादुध बेचेर दोहरो फाइदा लिएका छन् । समूहका कारण एकातिर दुधको मुल्य नगदै पाउने गरेको र सम्बद्ध किसानहरुले व्यवसायिक तालिम, बजारीकरणतथा परामर्श सेवार अनुदान समेत पाउने गरेका छन् ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)आयोजना अन्तर्गत गौशाला नगरपालका वडा नंं १२ मा पशु पालन गर्ने किसानलाई लैङ्गिक सिकाई पद्धति अनुसार तालिम दिएर सहुलियत कर्जा, आर्थिक सहयोग र डेरी सञ्चालनका लागि उपकरण खरिदमा आर्थिक सहयोग गरेको आर्थिक विकास सहजकर्ता रेखा साहले बताइन ।

आयोजनाले महोत्तरीको ३ स्थानीय तहमा कृषि क्षेत्रको दुग्ध, माछा र तरकारी जडिबुटी खेतिको आपुर्ति शृंखला प्रवर्द्धनमा सहयोग गर्दै आएको बताइन ।गौशालाको कान्तिबजार क्षेत्रमापशु पालन गर्ने किसानलाई आयोजनाले सहयोग गर्दा यहाँका किसानहरु व्यवसायिक रूपले पशु पालन गरी आर्थिक लाभ लिइरहेका छन् ।

कृषक समुहका सदस्यलाई प्रदान भएको तालिम, आर्थिक सहयोग र समुहलाई डेरी सञ्चालन गर्न उपकरणमा आयोजनाले सहयोग गर्दा यस भेगमा दुध उत्पादनमा बृद्धि भएको सानाकिसान कृषि संस्था कान्तिबजारका व्यवस्थापक रामदियाल महतोले बताए । दुध बेचेर नगद आम्दानी हुने र पशु पाल्नमा अनुदान पाउने भएपछि एक दुई वटा भैसी र गाई पालन गर्ने किसान व्यवसायिक रुपमा फार्म दर्ता गराएर क्षमता अनुसार पशु पाल्न थालेका छन् उनले भने । व्यवसायिक फार्मले आर्थिक स्तर बढाउनुको साथै आसपासका जिल्लामा कान्तिबजार दुध उत्पादनका लागि प्रख्यात हुँदै पनि गएको छ ।

बैदेशिक रोजगारबाट फर्केर आएकाहरु गाई फार्म शरु गरेर मनग्य आम्दनि गर्न थालेका छन् । दुधको माग बढदो भएका कारण राम्रो बजार मुल्यका पाएका किसान पशु पालनतर्फ आकर्षित भएका छन् ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020