RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

लालबन्दीः महिला साना किसान सहकारीको दुध डेरीले मूर्त रूप लियो

लालबन्दी नगरपालिकामा कार्यरत सहकारी संस्थाहरू मध्ये अब्बल सहकारीमा गनिने महिलाको नेतृत्वमा सञ्चालित महिला साना किसान सहकारी संस्था लि.ले आफ्ना महिला सदस्यहरूको जीविकोपार्जनमा सुधार हेतु ग्रामीण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)संग सहकार्यका लागि परिकल्पना र प्रस्ताव अघि बढाए। सो संस्थामा हाल एक दूग्ध संकलन केन्द्र स्थापना भई सफलताका साथ सत्र्चालनमा आएको छ। स्थानीय गाउँलेहरूको घर आँगनमै सुपथ मूल्यमा दूध खरिद गरी सहकारीले सबैको सहानुभूति र तारिफ बटुल्दै आएको छ।

गत २०७७ माघ १ गतेबाट समृद्धि आयोजनाको ५० प्रतिशत पुरक अनुदान लगानी सहयोगमा महिला साना किसान लालबन्दी नगर पालिका वार्ड नं १६ मा सञ्चालित दूग्ध संकलन केन्द्रको स्थापनाका क्रममा समृद्धि आयोजनाले चिलिङ भ्याट, जेनेरेटर, मिल्क एनालाइजर, क्यान लगायतका सामग्री खरिदमा सहयोग गरेको हो। यस पूर्व अध्यननका लागि समृद्धि आयोजना टोलि सदस्यहरु सहभागि भई विविध चरणमा छलफल भएको तथ्य सहकारीका व्यवस्थापक मधु गौतम बताउँछन्। त्यसै क्रममा समृद्धि आयोजनाकै सहजीकरणमा बजारसंग दूग्धको सहज बिक्रीका लागि काठमाडौं स्थित नेपाल डेरी प्रा.लि. संग समझदारी पनि भएको छ।  आयोजना र नेपाल डेरिसंगको सहकार्यमा सहकारीका सदस्य तथा कर्मचारीहरूले दूग्ध व्यवस्थापन तालिम समेत प्राप्त गरेका छन्। समृद्धि आयोजनाकै सहजीकरणमा लक्ष्मी बैंकसंग आयोजनाको सिफारिस र सहकारीको मध्यस्थतामा सहकारीका १० जना सदस्यहरूले प्रारम्भिक चरणमा प्रतिवस्तु रू.९० हजार सहुलियत कृषि कर्जा समेत पाएका छन्।

हाल लालबन्दी न.पा. १५ र १६ वडाका करिब ९० जना बढी किसानहरूबाट दैनिक ६५० देखि ७०० लिटर दूध संकलन भइरहेको छ। उत्पादित कच्चा दूध दूग्ध विकास संस्थानको नवलपुर चिस्यान केन्द्रमा बिक्री हुँदै आएको छ । सो संकलन कार्यमा २ जना कर्मचारी प्रत्यक्ष खटिरहेका छन् भने आवश्यक मार्गदर्शन, हौशला र अन्य सहयोग कार्यसमितिको रहँदै आएको छ।

स्थानीय स्तरमा किसानबाट सञ्चालित सहकारीबाट सरकारी मापदण्ड अनुसार  फ्याट र एसएनएफका आधारमा दूध संकलन र बिक्रीको कारोवार हुन थालेबाट किसानहरू खुसीमात्र हैन हिजोका दिनभन्दा रू.१० देखि रू.२० सम्म अतिरिक्त मूल्य पाएर दङ्ग पनि छन् । त्यस्तै अनधिकृत दूग्ध कारोवार गर्ने व्यापारीहरू पनि विस्तारै ठेगानमा आउन थालेका छन्। सहकारीले दूग्ध विकास संस्थालबाट पाउने टिएस कमिशनबाट कर्मचारीको भरण पोषण हुन थालेको छ भने बिजुली महशुल लगायत अन्य साना तिना खर्च पनि टार्न मद्दत गरेको छ।

महिला साना किसान सहकारी र समृद्धि आयोजनाको यो सहकार्यबाट स्थानीयस्तरमा थप दूग्ध उत्पादक समूह गठन भएको छ भने आयोजनासंग सहकार्य गर्न प्रस्ताव पेश गर्ने समूहको उत्साहजनक सहभागिता हुन थालेको छ। आयोजनाको यो कार्यक्रमको उपलब्धिबाट लालबन्दी नगरपालिका पनि प्रभावित छ। नगर प्रमुख मानबहादुर खड्का समृद्धि आयोजनाका कारण भएका उपलब्धिको मुक्त कण्ठले प्रशंशा गर्दछन्। १,२०० जना बढी महिला साना किसानहरू आबद्ध सो सहकारी संस्थाका अध्यक्ष मिना स्याङ्तान खुसीका साथ बताउँछिन्-"कार्य समितिको लामो समयदेखिको डेरी चलाउने परिकल्पनाले मूर्त रूप तव पायो, जब समृद्धि आयोजना परवानीपुर सहकारीमा आयो; हामी समृद्धि आयोजनाको सहयोगप्रति आभारी छौं।"

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020