RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

पुनः रोजगारीमा फर्किन पाउनुको खुसी

हाल लाहान–७, सिराहा ठेगाना भएकी ३१ वर्षिया सरस्वती शर्मा दस वर्ष पहिले स्वास्थ्यकर्मी (अनमी) थिइन् । वि. स. २०६७ मा उनको विवाह भयो । विवाह पछि पनि उनले आफ्नो अनमी पेसालाई निरन्तरता दिने प्रयास गरेकी थिइन् । तर उनको विवाह अगाडि नै सासूको निधन भएकोले बिरामी ससुरा र घरको कामको सबै जिम्मेवारी उनैमाथि  आइपरेका कारण उनले आफूले गर्दै आएको पेसालाई छोडेर आफ्नो घरपरिवार सम्हाल्न तिर लाग्नु परेको थियो । बालबच्चा जन्मेपछि झन उनीहरुको हेरचाहमै समय व्यतित हुन थाल्यो अन्य काम गर्न समय निकाल्न असम्भव जस्तै नै भयो उनका लागि ।

कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा उध्योग बाणिज्य तथा आपूर्ति मञ्त्रालयद्वारा सञ्चालित समृद्धि परियोजना अन्तर्गत  हेल्भेटास नेपालको प्राविधिक सहयोगमा क्रियटिव स्किलस् प्रा. लि.द्वारा सहायक ब्यूटिसियनको तालिम यही लाहानमा नै आयोजना हुने बारेमा सरस्वतीकी एक जना व्यूटी पार्लर चलाइरहेकी साथीले उनलाई जानकारी दिइन् । उनी पनि त्यस्तै अवसरको खोजीमा थिइन त्यसर्थ उनी त्यो जानकारी पाएर धेरै नै खुसी भैइन् । त्यो क्षण सम्झदै उनी सुनाँउछिन्‚ “मैले तालिम लिने इच्छा मेरा श्रीमानलाई सुनाए । छोराछोरी पनि ठूला भैसकेका कारण वहाँले पनि तालिममा सहभागी हुन मलाई प्रोत्साहित गर्नु भयो ।” खासमा मैले मेरो अनमीको पुरानो पेसा छोडेको धेरै भैसकेकाले मलाई त्यही पेसामा फर्कनुभन्दा केही नयाँ गर्न रहर लागेको थियो । व्यूटीपार्लरको पेसा प्रति मेरो रुचि पनि भएकाले म यही पेसाको तालिम लिन चाहन्थे । “दस वर्षपछि फेरी घरबाट निस्केर केही गर्ने मौकालाई म गुमाउन चाहन्थे । मैले ढिलो नगरिकनै तालिमको लागि आवेदन दिए । अन्तरर्वाता दिए । छनौटमा परे पनि ।”

२०७६ जेष्ठ १७ मा सहायक ब्यूटिसियनको तालिम सुरु भएको थियो । दिनको ६ घण्टाले ६५ दिन सम्म तालिम संचालन हुन्थ्यो । “तालिममा हाम्रो प्रशिक्षकले हामीलाई तालिम पश्चात सकिन्छ भने आफै ब्यूटीपार्लर खोल्नु सकिन्न भने अरुको ब्यूटीपार्लरमा काम गर्नु भन्नुहुन्थ्यो” उनले सम्झिन् । उनलाई भने आफ्नै ब्यूटीपार्लर खोलेर व्यवसाय गर्न मन थियो । श्रीमानले ब्यूटीपार्लर खोली आफ्नै व्यवसाय सुरु गर्दा नै फाइदा हुन्छ भनेर गर्न प्रेरित गरिरहनुहुन्थ्यो । त्यसैले तालिम समापन पश्चात लाहान बजारमा ७ वर्ष पहिले देखि चलिरहेको छाया ब्यूटीपार्लर उनले २०७६ भाद्र महिनाको अन्ततिर  रु तिन लाख मा खरिद गरिन् । ब्यूटीपार्लर खरिद गर्न उनले ग्लोबल बैंकबाट ऋण लिएकी थिइन् ।

पहिले देखि बजारमा चर्चित रहेको ब्यूटीपार्लर खरिद गरेकाले उनको पार्लरमा सुरुदेखि नै राम्रो आम्दानी हुन थाल्यो । उनले आफूसँगै  तालिम लिएको साथी नितु हमाललाई पनि केही समयसम्म आफ्नो ब्यूटीपार्लरमा स्टाफको रुपमा पनि राखेकी थिइन् । “ब्यूटीपार्लरको व्यवसाय गर्नुका साथसाथै थोक मूल्यमा ब्यूटीपार्लरका लागि चाहिने कस्मेटिक लगायतका सामाग्रीहरुको विक्री गर्न पनि सुरु गरिसकेकिछु । यस कार्यका लागि दुई जना सहयोगीहरु पनि राखेकिछु । वहाँहरुलाई महिनाको रु १०,००० तलब दिइरहेकिछु ।” उनले बताइन् ।” अन्त्यमा उनले भनिन्‚“दस वर्ष पछि फेरी आफ्नो खुट्टामा उभिन पाएकी छु । यसले मलाई दिएको खुसी बयान गर्न मसँग शब्द नै छैनन् । ”

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020