RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

समृद्धि आयोजना गठित किसान समुहसँगको आवद्धताले पलाएको आशा

मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका ७ बस्ने बर्ष ४७ कि इन्द्रमाया खत्री समयलाई एकदमै सर्वोपरी ठान्ने आफ्नो परिश्रममा विश्वास गर्ने, जस्तोसुकै परिस्थितीसँग पनि जुध्न तयार इन्दिराको जीवनमा पछिल्लो समय संघर्ष र दुःखका दिन सुरु भएको बताउँछिन्। विवाह भइसकेपछि बुहारी भएर थप हुने जिम्मेवारीले अझ परिपक्क बनाउने अनुभव उनको रहेको छ ।

श्रीमानको २५०० तलवले घर चलाउनु औषधीउपचार गर्नु सबै त्यसैमा भर पर्दा निकै हम्मे हम्मे पर्ने, बेला बेला परिवारको औषधि उपचार, छोराछोरीको छुट्टै खर्च धान्न एकदमै गाह्रो भएको चिन्ता लाग्ने भन्दै लामो आफ्नो अतितलाई सम्झना गर्छिन्।

आफुसँग पैसा नहुँदा माइतबाट दिदीभाईसँग सापट गरेर घर व्यवहार चलाउनुपर्ने बाध्यता पछि महिलाहरु जम्मा भएर हप्ताको ५ रुपैयाबाट बचत सुरु गरियो । तत्पश्चात २ प्रतिशत व्याजदरमा ऋण लगानी गरेपछि अलि सजिलो भएको र आत्मविश्वास पनि बढेको बताउँछिन् ईन्द्रमाया । त्यसपछि उद्यमी बन्नुपर्छ भन्ने आँट जाँगेको कुरा सुनाईन् । समुहबाटै सदस्यहरु मिलेर विजुलीको पैसा तिर्नको लागी घरघर गएर उठाउने जसबापत एक घर बराबर रु १० समुहमा योगदान गर्न थालेपछि समुह अझै मजबुत भएको र कुखुरा, बाख्राको संख्या बढाउन सकेको कुरा बताइन् । वि.सं. २०७० सालमा सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था लि.मा आबद्ध भएपश्चात अझ सजिलो भएको र विना धितो ऋण प्राप्त भएपछि अझै काम गर्न जाँगर चलेको पहिलाको सम्झना गर्दै उनले भनिन् पहिलाको अवस्थामा ५ हजार नपत्याउनेले अहिले त सहजै ५ लाख सम्म पनि ऋण दिने अवस्था छ । १८ कठ्ठा जग्गामा कृषि पेशा अपनाउदै आएकी उनी केही वर्ष देखि बाख्रा पालनलाई अगाडि बढाउने सोचमा छन् । हाल ७ ओटा बाख्रा छन् उनको गोठमा । पाहोर साल ज्यूँदो जोखेर प्रति केजी ४६० दरले ५५,००० मा २ वटा खसि बेचेकी थिइन् ।

अहिले बाख्रा पालनमा व्यवसायिक अवसर धेरै हुनाले आर्कषण बढेको छ । ‘खोरलाई सुधार गरेर बाख्रा व्यवसायलाई बढाउने विचारमा छु’ उनले भनिन् । बाख्रा पालनका लागि हिउँदमा घाँस जुटाउन धेरै गाह्रो छ । उन्नत जातको नस्ल नहुँदा उत्पादकत्व वृद्धि हुन सकेको छैन । त्यसैले हामीले गोठ सुधार, चाँप कटर र नश्ल सुधारका लागि पुरक अनुदान सहयोग “समृद्धि कोष”का लागि आशय पत्र बुझाएको उनले बताइन् । हाल दुर्गेश्वरी सामुहमा आवद्ध भएपछि समुह सदस्यबीच अनुभव आदानप्रदान हुने प्रतिस्पर्धाको भावना बढेको महसुस भएको पाइयो । साथै समाजले पनि सरसल्लाह लिन आउने, सामाजिक काममा सहभागि हुन बोलाउने गरेका छन् । “अध्यक्षको नाताले आगामी दिनमा समुहलाई सही मार्गनिर्देश गरी व्यवसायिक रुपमा सफल बनाउन लागी पर्नेछु” अन्तमा उनले भनिन् । समृद्धि आयोजनासँग आबद्ध भएको सहकारी संस्थाले हामीलाई वित्तिय शिक्षा एवम् व्यावसायिक ज्ञान तालिम संचालन गर्ने योजनामा हुनुहुन्छ जसबाट पनि हामीलाई धेरै कुराको ज्ञान हुन्छ की जस्तो लागेको छ उत्साहित मुद्रामा कार्की भन्छिन्, “अन्य थप आवश्यक क्रियाकलापहरुमा आयोजनाको सहयोग भए नमुना व्यावसाय बनाउने हाम्रो उद्देश्य अनुरुप थप योजना बनाउने थियौँ । दुर्गेश्वरी बाख्रापालन कृषक समुह गठन गरेर थप कार्यक्रम अगाडी बढाउन समृद्धि आयोजनामा प्रस्तावना पेश भएको जानकारी गराउदै अबका दिनमा आउन सक्ने विभिन्न चुनौतीहरुलाई पार लगाउन आयोजनाको निरन्तर सहयोगको अपेक्षा रहेको बताइन् र आगामी दिनमा सफलताको उचाइमा पुग्नको लागी आफु लगायत सहकर्मी साथीहरुलाई सँगसँगै अगाडी बढाउने समुहको अध्यक्ष भएकाले प्रतिबद्धता पनि जाहेर गरिन् ।


 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020