RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

गाल्स विधि सिकेकी देवतीयाको सपना यात्रा

देवतीया देवी मुखिया माधवनारायण नगरपालिका वार्ड नं ४, रौतहट बस्ने कर्मशील महिला पात्र हुन्। उनको परिवारमा ४ छोरा २ छोरीसमेत १२ जना जहान परिवार  रहेको छ। ती सबैको लालन पालनको जिम्मेवारीले थिचिएकी देवतियाको दैनिकी भ्याइ नभ्याइ छ । विहान-बेलुका घरमा भातभान्सा व्यवस्थापन लगायत २ थान माउ भैंसीको खानपिनको जोहो गर्ने दायित्व उनकै काँधमा छ।

देवतीयाको सर्वस्व भनेकै उनको गोठमा रहेको भैंसीहरू हुन्, जुन हाल एउटा ब्याउने र एउटा लैनो छ। दैनिक ५ लि दूध सहकारीमा पुर्याउँछिन् अनि २ लि परिवारमै खपत हुन्छ। दूधको नियमित आम्दानी र थोरै खेतबारीको आयस्थाले विरामी पतिका लागि औषधि उपचारलगायत घरको जोहो जसोतसो चलेको छ ।

देवतिया एकता दूध उत्पादक कृषक समूहकी सक्रिय सदस्य हुन् । उनले समृद्धि आयोजनाबाट कार्य योजना मुताबिक पुरक अनुदानमा पहिलो चरणमा वस्तुलाई घाँसकाट्ने चाफकटर मेशिन,घाँसको बिउ, गोठसुधार लगायतका कार्यका लागि पुरक अनुदान सहयोग पाएकी छिन्। त्यस्तै एक थान लैनो माउ भैंसी लगायतका सामग्री थप्ने कार्यका लागि हालै आयोजनाको सहजीकरणमा सहुलियत दरको कर्जासमेत रू.९०,०००।- प्राप्त भएको छ। तत्काल दैनिक करिब १० लिटर दूध बिक्री गर्ने उनको योजना छ। समृद्धि आयोजनाको नियमित लैंगिक कार्य सिकाइ कक्षाको  परामर्शबाट उनको हौसला साँच्चिनै चुलिएको छ र निकट भविष्यमै ५ वटा भैंसी पुर्याउने र व्यवसायिक फर्म नै दर्ता गरी सञ्चालन गर्ने सपना देखेकी छिन् उनले।  मिहेनती देवतीयाले परिवारका सदस्यहरूको सहयोगले दूधका अलावा व्यवसायिक तरकारी खेती गर्ने पनि पुरक योजना बुनेकी छिन्। अनि सो लक्ष्य प्राप्तिमा समृद्धि सहितका निकायहरूबाट आंशिक सहयोगको अपेक्षा पनि राखेकी छिन्।

देवतीयाको दिनचर्या समृद्धि आयोजनासंग जोडिनु अघि प्राय: घरधन्दा र फुर्सदको समय गफगाफमै बित्दथ्यो। धान बाहेक अर्को कुनै बाली लाउने सोच हुन्नथ्यो त्यहाँ गाउँमा। घरमा भएको एक थान भैंसीको दूध पनि डेरीमा पुर्याउने चलन थिएन। पति तथा छोराहरू अधिकांश समय ज्याला रोजगारीका लागि नजिकका शहर बजारमा जाने गर्थे । तर हाल यो अवस्था पनि रहेन। पति पक्षघातले थलिए। धेरै औषधि मुलो पश्चात पनि सुधार भएन। यही ताका गाउँमा समृद्धि आयोजना लागू भए पश्चात त्यो सोच र शैली फेरिन थालेको छ। अचेल उनीहरू गाउँघरमै नियमित स्वआर्जनको  उपायका विषयमा आफै, घर परिवार र समूहमा छलफल गर्न थालेका छन्। यो कार्यमा गाउँमा स्थापना भएको सहकारीले पनि सहयोग गर्न थालेको छ। दूधको स्थानीयस्तरमै सुपथ मूल्यमा संकलन र बिक्रीले स्थानीय किसानको जाँगर पलाएर आएको छ। आवश्यक व्यवसायिक शिक्षा तथा चेतना, सिप प्रविधि तथा व्यवसायिक कर्जा र परामर्शमा समृद्धि आयोजनाले सहयोग गर्न थाले पछि अवस्था बदलिएको छ।

देवतीया अव छोराहरूलाई कमाइका लागि विदेश जान नदिने पक्षमा छिन्। व्यवसायिक रूपमा भैंसीपालन तथा तरकारी खेती गरी आयआर्जन गर्ने दृढ संकल्प छ उनको । व्यस्त भइकन पनि उनको अनुहारमा अचेल सकारात्मक सोच र हाँसो देख्न पाइन्छ । यो कार्यमा उनी समृद्धि आयोजनालाई जश दिन्छिन्।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020