RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

फर्निचरको सिप बन्यो वरदान

वैदशिक रोजगारका लागि मलेशिया गएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ बोक्सेका हरिबहादुर कार्कीलाई उताबाट फर्किएपछि के गर्ने, कसो गर्ने भन्ने भैरहेका  बेला उनले फर्निचर मेकर सम्बन्धि तालिम पाए । अहिले उनी यही पेसमा आवद्ध भएर मासिक रु. ३०,०००।– देखी रु. ३५,०००।– सम्म आम्दानी गरिरहेकाछन् । यी २८ वर्षे युवा खुसी हुदै भन्छन “फर्निचर मेकरको  तालिम त मेरो जीवनको सहारा नै बन्यो । तालिममा सिकेको सीप अनुसार काम गरेर आर्जन गरेको  आम्दानीले मेरो घर परिवार चलाउन समेत सहज भएको छ” । आफ्नी सानी छोरी र श्रीमतीका साथ जीवन बिताइरहेका  हरिले जीवनमा कयौं हंडर खाएका थिए । पाँच जना दाजुभाइ‚ दुई दिदीवहिनी र आमावुवा भएको संयुक्त  परिवारमा हुन्जेल राम्रोसँग खानलाउन पनि धौ धौ थियो । आर्थिक विपन्नताको कारणले पढाइलाई बिचैमा छोडेर उनी  रोजगारीका लागि मलेशिया पुगेर ग्लोब बनाउने कारखानामा काम गर्न थाले । तीन वर्षको अवधिका लागि काम गर्न भनि गएको भएता पनि ३१ महिनामा नै काम छोडेर उनी  नेपाल फर्किए । हरि भन्छन् “विदेश बसेर कमाएको पैसा घरमा बुवालाई पठाउथें । उहाँले घरखर्च गरि बाँकी रहेको पैसाले पाँच कठ्ठा जग्गा किन्नु भएको थियो । पछि पारिवारिक समस्याको कारणले मेरो परिवार छुट्टै बस्न थाल्यौ ।” हरिसँग विदेशबाट फर्किदा हातमा  अलिकति पनि पैसा थिएन । श्रीमती र छोरी कसरी पाल्ने होला भन्ने चिन्ताले उनलाई सताउन थाल्यो । केही काम नपाएपछि अटो रिक्सा भाडामा लिएर चलाउन थाले । “कुनै दिन राम्रै आम्दानी भए पनि कुनै दिन भने अलिकति पनि कमाइ  हुँदैनथ्यो ” उनी थप्दछन् “यस्तै अप्ठ्यारोमा भएका बेला एक जना छिमेकी दाइको मार्फत निःशुल्कमा सिपमूलक तालिमका लागि आवेदन खुलेको जानकारी पाए ।”

नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (IFAD) बिच सम्झौता  भई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट  संचालित ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) अन्तरर्गत हेल्भेटासको प्राविधिक सहयोगमा पञ्चकन्या तालिम केन्द्रद्वारा सञ्चालित  फर्निचर मेकर तलिमका लागि उनी छनौटमा परे ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर ५ मा संचालित ६५ दिने उक्त तालिममा उनी नियमित रुपले उपस्थित हुन्थे । परिवारको विहान वेलुकाको हातमुख जोर्ने व्यवस्था मिलाउनका निम्ति  तालिमको समयमा पनि उनी विहान बेलुका अटो रिक्सा चलाउने गर्दथे । जेष्ठ २०७६ मा सुरु भएर श्रावण २०७६ मा समाप्त भएको उक्त तालिम पश्चात उनी तह १ को फर्निचर मेकरको सीप परिक्षणमा सहभागी भएर  उतिर्ण पनि भए । तालिम अवधिमा उनले मेहनतका  साथ काम गरेका कारणले जून  फर्निचर उद्योगमा उनले तालिम लिएका थिए त्यही रोजगारी पनि पाए । सुरुका दिनमा उनले  रु. १०००।– को ज्यालदारीका दरले काम गरे । पछि उनको कामको निपूणता  र जिम्मेवारीपनका कारण फर्निचरका साहुले उनलाई  सामानको अर्डर अनुसारको पारिश्रामिक दिन थाले । उनी उत्साहित हुदै सुनाँउछन् “एउटा लोबेड बनाएको रु. ५,०००।– कमाउँछु । तिन दिनमै एउटा लोबेड तयार पारिसक्छु ।”

“अहिले मेरो आम्दानी राम्रो भएको छ । बचत पनि राम्रो गरिरहेको छु । मेरो परिवार खुशी छ । यो तालिम नपाएको भए मेरो के अवस्था हुन्थ्यो सोच्न पनि सक्दिन् र रिक्शा मात्रै चलाएर त परिवार नि पाल्न सक्दैन थिए होला ।” उनी थप्छन “अव सामानहरु किनेर आफैं फर्निचर उद्योग खोल्ने योजनामा छु । नयाँ नयाँ डिजायनको पलङ पनि बनाउन आँउछ मलाई । तह २ को तलिम लिएर यो पेसामा अझै अघि बढ्नु छ मलाई । फर्निचर मेकरको सिप मेरा लागि त वरदान नै साबित भएको छ ।”

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020