RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

सहकारी सदस्य वृद्धि गर्नमा भरपर्दो माध्यम बन्यो वित्तिय शिक्षा तालिम

जालपादेवी कृषि सहकारी संस्थाले हाल दश वटा उप-समुहहरू बनाएर सदस्य संख्यामा उल्लेख्य वृद्धि गर्दै सफलताको दशक यात्रा पुरा गरिसकेको छ । धनकुटा नगरपालिका वडा.नं.९ धनकुटा बजारदेखि १३ किलो मिटरमा अवस्थित बेलहरामा तीन बर्ष देखि आफ्नै भवनमा कार्यालय स्थापना गरि सञ्चालन भइरहेको छ ।

सुरूवातमा २५ जना सदस्यहरूबाट संस्था दर्ता गरी तीनवटा समुहहरू─ क्रान्ति, जलकन्या र सुर्यमुखि अर्धव्यवसायिक कृषक समुहको सहभागितामा ७५ जना शेयर सदस्य हुँदै २०७८ सालको माघ मसान्त सम्ममा आइपुग्दा सदस्यको संख्यामा उल्लेख्य वृद्धि भइ २८५ बाट ५०८ जना पुगेको छ।

सहकारी संस्थाको तथ्याङ्कलाई हेर्दा हालको शेयर पुँजि पनि २ लाख ५० हजार १०० पुगेको छ । निक्षेप रकम, ऋण लगानि, संस्थाको जगेडाकोष पनि बढ्दै गएको छ । जगेडाकोष मजबुत बन्दै गएमा संस्था बलियो हुने र रचनात्मक ढंगले काम गर्न सक्ने भएकाले जगेडाकोषमा संस्थाले प्राथिमकता दिँदै आएको छ ।

सदस्य संख्यामा उल्लेख्य वृद्धि गर्न सम्भव हुनुमा संस्थाका संचालक समिति सचिव टंक रोइला भन्दछन्-

यसको श्रेय समृद्धि आयोजना मार्फत संस्थाले सञ्चालन गरेको वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम हो । “समृद्धि” आयोजनाले हाम्रो सहकारीसँग सहकार्य गरेपछि तीन दिने वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुने अवसर मिल्यो । छोटो अवधिको तालिम भएतापनि तालिममा बस्दा संस्थामा सदस्यको महत्व हाम्रा लागि घतलाग्दो विषय बन्यो । सदस्यता विस्तार गरेरमात्र सहकारी संस्थालाई सफल बनाउँन सकिन्छ भन्ने हामीलाई प्रभाव पर्यो पछि समुदायमा गएर पाँच वटा तालिम सञ्चालन गर्यौं, सदस्य र गैर सदस्य गरी तालिममा ८७ महिला  ३८ पुरूप गरि जम्मा १२५ जनाको सहभागिता रहेको थियो । गैहृ सदस्यमा महिला, दलित जनजातिलाई बढी प्राथमिकता दियौं ,यसबाट पनि उल्लेख्य मात्रामा सदस्य संख्या थपिँदै गए”।

वित्तिय शिक्षाको कक्षा सञ्चालन हुनु भन्दा अगाडि सदस्यहरूबाट मासिक रू.५० मात्र जम्मा हुन्थ्यो भने  पछि अन्य खर्च कटाएर बचतलाई बढाउँदै लैजानु पर्ने भन्ने सदस्यहरूको सोचमा परिवर्तन आर्इ रू.५० बाट रू. १०० बृद्दि हुन गयो । त्यति मात्र हैन २०७८ फागुन महिनामा मात्र शेयर पुँजि १९०,००० ले वृद्धि भएको छ भने बचत फागुन महिनामा ६४ हजार २०० सय थप भर्इ जम्मा फागुन मसान्त सम्ममा ४१ लाख ६ हजार ४ सय ८२ पुगेको छ । जसमा एक कित्ता शेयर किन्ने एघार जना मात्र सदस्य हुनुहुन्छ भने अन्य ४९७ जनाले प्रति सदस्य ५ कित्ता शेयर किनि सक्नु भएको छ।

समृद्धि आयोजनाद्वारा उत्पादक समुह तथा सहकारीले सह-लगानीका लागि “समृद्धि” बाट प्रस्तावना माग गर्दा सहकारीले पनि प्रस्तावना हाल्न पाउने भएपछि हामीले पनि सहकारी मार्फत प्रस्तावना हाल्यौं समृद्धिसँग  साझेदारी नहुँदो हो त, वित्तिय साक्षरता तालिममा सहभागी नभइँदो हो, शायद हामी त्यहि २८५ सदस्यमै सिमित भएर रहन्थ्यौं होला । आयोजनाकै उत्प्रेरणामा हामीले सदस्यलाई उत्पादक समुहको रुपमा संगठित गर्यौं”, रोईलाले थपे।

सहकारीमा सदस्यहरूको दोहोरो सदस्यता, कर्जा सूचना केन्द्रको अभावको कारण कर्जा सदुपयोगिता तथा असुलि प्रकृयामा समस्या जस्ता चुनौतिका बावजुद संस्थाको विकासमा समर्पित सदस्यहरूको व्यवसायिक सक्षमता र सो को प्रवर्द्धनमा संस्थाले खेलेको भूमिका, वित्तिय शिक्षा तथा व्यावसयिक ज्ञान तालिम १ मध्यस्ततास्वरूप ग्रामीण उद्मम तथा विप्रेषण आयोजना “समृद्धि” द्वारा सह-लगनिमा सञ्चालित विभिन्न कार्यक्रमहरूले संस्थामा प्रसस्त सम्भावनाका ढोकाहरू खोल्ने र चुनौतिको सामना गर्न सक्षम हुनेमा विश्वस्त देखिन्छ ।

उत्पादन बजारीकरण र भण्डारनमा समस्या आउँदा संस्थाले आयोजनासँग समन्वय गरी संकलन केन्द्र स्थापना गर्ने योजना बनाएर प्रक्रिया अगाडि बढि सकेको छ । बजार मूल्यमा एकरूपता नहुँदाको पिडाको समाधान आयोजना र सहकारीले खोजिरहेको र अब चाँडै विस्तार हुने कुराले पनि सदस्यहरूमा उत्साह थपिएको छ ।

संस्थाले आफ्ना सदस्यलाई बजारीकरण र बिचौलियाको समस्याबाट उन्मुक्ति पाउन आयोजना संगको सह-लगानिमा सफल बजार सञ्जालको विकास गर्न पनि जलपादेवी कृषि सहकारी संस्था सफल भएको छ । आयोजनाकै सहजिकरणमा साना किसान बैङक संग समेत थोक कर्जाको लागि प्रकृया अगाडि बढि रहेको छ ।

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020