RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

वित्तीय साक्षरता तालिमः सम्पन्नतातर्फको कोशे ढुंगा

मुख्य विषय–वस्तु:  ग्रामिण वित्त अन्तर्गत वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम (FEEK-1)

सामाजिक इकाई : रौतहट जिल्लाको गौर र ईश्नाथ नगरपाकिा मठिया र अँरैया टोल

घटना–अध्ययन मिति:  चैत्र, २०७६

वित्तीय साक्षरता सम्बन्धी ज्ञानले मानिसमा पैसा आर्जन गर्न मात्र नभएर त्यो पैसाको  व्यवस्थापन गर्न पनि मद्धत गर्छ । वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवम् मित्तव्ययी उपयोग गर्ने ज्ञान समेत प्रदान गर्दछ । हरेक व्यक्तिसँग भएको सीमित स्रोत र साधनको कुशल उपयोगबारे जानकारी दिँदै आयमूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नति गर्ने ज्ञान, सीप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य हो । भने प्रत्येक नागरिकलाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पुर्याउनु वित्तीय समावेशीकरणको अवधारणा एवम् उद्देश्य हो ।

यस सन्दर्भमा देब बचत तथा ऋण सहकारी संस्था लि. गौरले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक तथा प्राविधिक सहयोगमा २०७६ साल माघ महिनाको १७ गते देखि २९ गते सम्म रौतहट जिल्लाको गौर र ईश्नाथ नगरपाकिा मठिया अरैया टोलमा १६४ जना लक्षित समुदायका सदस्य तथा गैर सदस्यहरुलाई समावेश गरी वित्तीय साक्षरता तथा व्यवसायीक ज्ञान तालिम प्रदान गरेको छ ।सो संस्थाका अध्यक्षका अनुसार ‘जस्तो पर्छ त्यस्तै टर्छ’ भन्ने सोच रहेको अनि साक्षरताको हिसावले पनि पछाडि रहेका हाम्रो प्रदेश २ का जनताका लागि केही कुरा सिकाउनु पर्छ र उनीहरूले रगत पसिना बगाएर कमाएको पैसाको सुरक्षा कसरी गर्ने, बचतलाई कसरी बृद्वि गरी सम्पन्नताको बाटोमा अगाडि बढने भन्ने विषयमा विमर्श गर्दै हुँदाखाने समुदायलाई हुनेखाने बनाउनु पर्छ भन्ने लक्ष्यका साथ समुदायमा आजका लागि मात्र सोच्ने व्यक्तिहरूको मानसिकता परिवर्तनका लागि यस किसिमको तालिम अपरिहार्य रहेको छ ।” वास्तवमा भोलिको चिन्ता नगरी आजको दैनिक गुजारा चलाउनका लागि जति पाए पनि ऋण लिने र आफ्नो मात्र नभई भावि सन्ततीलाई पनि ऋणको भारमा पार्ने गरेको हाम्रो समाजमा प्रशस्त उदाहरणहरू छन् । तसर्थ यस किसिमको व्यवहारिक तथा वित्तीय ज्ञान तथा सिपको आवश्यकता परेको हो । आजको समयमा सहकारी तथा वित्तीय संस्थाहरु हरेक ठाँउमा पुग्नु आवश्यक छ । हरेक नागरिकको वित्तीय गतिविधिमा सक्रियता बढ्नुपर्छ । सहकारीमा रकम जम्मा गर्ने, उद्यम गर्नका लागि कर्जा निकाल्ने लगायतका कामहरु भइरहनुपर्छ। वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिको लागि वित्तीय चेतना वा साक्षरता अभियान अपरिहार्य छ । वित्तीय सेवाको मागपक्षमा अर्थपूर्ण सुधार ल्याउन नेपालमा पनि वित्तीय चेतना एवम् साक्षरता कार्यक्रम विस्तार गर्नु अपरिहार्य र महत्वपूर्ण हुन आउँदछ ।

यसरी रौतहटका ग्रामीण भेगका महिलाहरूमा वित्तीय साक्षरता तथा व्यवसायिक ज्ञान तालिम कार्यक्रमको सहयोगले आर्थिक चेतना, बचत गर्ने बानी र सिप हाँसिल गरी  स्वरोजगारी तर्फ लम्कने हुटहुटी जागेको हुँदा समाजको पछि परेको यो वर्गमा अव सम्पन्नतातर्फ अग्रसर हुँदै जाने आशा जागेको छ ।

 

 

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020