RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

बि२बि अन्तरक्रियाले बाख्रा पालक भोजपुरका किसानमा हौंसला बढायो

५० वर्षिया पूर्व भारतिय सैनिक— दिलबहादुर राई भोजपुर नगरपालिका वडा नं. १ भामराङ्गमा बस्छन्। सैनिक सेवा अवधिमा जम्मु कस्मिर, कार्गिल, लद्धाक जस्ता भारतिय सिमा क्षेत्रमा बन्दुक बोकेर सिमा सुरक्षा गरिरहँदा उनको मनमा "ज्यानको बाजी लगाएर अर्काको देशको रक्षा कति गर्ने ? आफ्नै देशको लागि केही गर्न पाए हुन्थ्यो " भन्ने विचार आइरहन्थ्यो — अहिले सुनाउँछन् । सेवा निवृत्त भईसके पछि आफ्नै गाउँमा जिउने र आंफू हुर्केको समाजलाई केहि भने पनि योगदान पुर्याउने सकारात्कम सोच बनाएर राई गाउँमै बस्ने निधो गरे। उनले थपे "देशमा हुनेखाने जति तराई र शहर पस्ने चलन चल्यो। यसले पहाडका गाउँ चाहीँ केही नहुने र खानै नपाउने मानिसहरु बस्ने ठाउँ  भन्ने बुझिन थाल्यो। त्यसैले मैले पहाडको गाउँमा पनि सम्भावना छ है! भन्ने सन्देश दिनलाई गाउँ मै बस्ने निर्णय गरेँ" भावनात्मक हुँदै दिलबहादुरले सुनाए। स्व: लागानिमा करिब १५ रोपनीमा अलैँचि खेती सुरु गरेका दिलबहादुरले अलैँची खेति सफल हुन नसके पछि बाख्रा पाल्न सुरु गरे ।

२०७५ सालबाट बाख्रापालन सुरु गरेका दिलबहादुरले गाउँलेहरुसँग सहकार्य गर्दै "भामराङ्ग कृषि तथा पशुपालन समुह" नामक कृषक समुह निर्माण गरी बाख्रा पालन गरेका छन्। समुहमा अधिकांश विदेशबाट फर्किएका युवा तथा विदेशमा भएका व्यक्तिहरुको परिवार सामेल छन्, उनी सो समुहका अध्यक्ष हुन्। शुरुवातमा प्राविधिक ज्ञानको अभावका कारण धेरै बोका तथा बाख्राहरु मरे। उत्पादकले बिक्रि गर्ने आधुनिक तरिका थाहा नहुँदा उचित मूल्य पाउन सकेका थिएनन्। अन्दाज गरेर, ढाड, पुच्छर, खुट्टा नापेर बेच्ने चलन थियो। यस्तो चलनलाई गाउँघर तिर 'गोरु मोलाई' भनिन्छ। यसरी 'गोरु मोलाई'  बेच्दा प्रतिकिलो कति रुपैयाँ पर्यो भन्ने थाहा हुँदैन। त्यसैले आफूले उचित मूल्य नपाएको किसान बताउँछन् ।

यसै विच ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (समृद्धि)ले उद्योग बाणिज्य संघका पदाधिकारीहरु र व्यापारी बिच बी२बी छलफल कार्यक्रमको संयोजन गर्यो। उक्त्त छलफलमा उपस्थित व्यापारीले किसानले उत्पादन गरेको जिउँदो खसि तौल गरेर प्रतिकिलो औसत ५०० रुपैयाँसम्म मूल्यमा खरिद गर्न सक्ने अनौपचारिक सहमति पछि खशी-बोका उत्पादक किसानहरू उत्साहित भए। उत्पादकहरू बताउँछन्—"अन्दाजको भरमा बेच्ने हुँदा उचित मूल्य पाउन सकिएको थिएन। यसरी जोखेर बेच्न पाइयो भने उचित मूल्य पाईन्छ।"उनीहरूले थपे खरिदकर्ताको निश्चिता र मूल्यका कारण— हामीलाई खोर सुधार,नश्ल सुधार गरि अझ धेरै खशि-बोका उत्पादन गर्न हौंसला मिलेको छ ।"

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020