RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

बजारको सुनिश्चितताले किसानहरूमा हौंसला बढायो

मुख्य विषय–वस्तु:  हरियो तरकारी आपूर्ति श्रृङ्खलाको प्रवर्द्धन

सामाजिक इकाई : देवानगंज गाउँपालिका वडा नं २

सफलताको कथा मिति:  चैत्र, २०७६               

करिव २ वर्ष पहिलेसम्म पनि देवानगञ्ज गाउँपालिका वडा नं २ मा रहेका तरकारी खेती गर्ने किसानहरू थोरै क्षेत्रफलमा आ-आफ्नै हिसाबले तरकारी खेती गर्दथे । मौसमी तरकारीहरू मात्र प्रायः लगाउने गर्दथे । परम्परागत कृषि प्रणालीमा आधारित भएर परानै खालका औजारहरू तथा हल गोरुको  प्रयोग गर्दथे । सिंचाईको राम्रो सुविधा थिएन, वर्षे पानीको भरमा खेतीपाती गर्ने गरिन्थ्यो। उत्पादित तरकारीहरू स्थानीय हाट बजार र विराटनगरको गुद्री बजारमा बिक्रि गर्दथे । तरकारी खेतीमा भएको लगानी तथा हिसाब किताब र लेखाजोखा राख्ने चलन थिएन । थोरै मात्रामा नाफा हुने गर्दथ्यो ।

तर अहिले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को सहजीकरण तथा सहयोगमा सुनसरी जिल्लामा किसानका लागि उपयोगी कार्यक्रमहरू सञ्चालन हुन थालेपछि किसानहरू एकजुट भई सामूहिक रूपमा अगाडि बढ्नु पर्दछ भन्ने महसुस् गरेका छन्। यसको परिणाम स्वरूप हरियाली कृषि तथा पशुपालन कृषक समूह, देवानगञ्ज -२,  स्थानीय देवानगञ्ज गाउँपालिकामा दर्ता भएको छ । समूह गठन पछि मासिक रूपमा नियमित बैठक बस्न थालिएको छ। प्राविधिक एवं बजारीकरण लगायतका विषयमा एकआपसमा छलफल गरी समाधान गर्ने संस्कारको विकास भई रहेको छ। । किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती गर्न खेती गर्ने जग्गा क्षेत्रफल पनि बढाएको स्थिति छ । सिंचाईका लागि पनि थप व्यवस्था मिल्दै आएको छ। । अति आवश्यक आधुनिक मेशिन तथा औजारहरू प्रयोगमा ल्याउने क्रम बढिराखेको छ । तरकारी खेतीमा भएका खर्चहरूको अभिलेख राख्न थालिएको छ । किसानहरूले पहिलो र दोस्रो वर्षको बालि उत्पादन योजना समेत बनाएका  छन्।

आयोजनाको सहजीकरणमा व्यापारी र कृषकहरू बिच व्यवसाय सम्बन्ध(बि२बि) कार्यक्रम सञ्चालन भएपछि ईटहरी १ हलगडामा रहेको विम्विका ताजा तरकारी तथा फलफुल खरिद बिक्री केन्द्रले समूह सँग तरकारी खरिद बिक्रीको द्विपक्षीय सम्झौता गरी उत्पादित तरकारीहरू खरिद गर्न थालेका छन् ।  समूहका कृषकहरूले उत्पादन गरेका विभिन्न मौसमी तथा बेमौसमी तरकारीहरू उक्त खरिद बिक्री केन्द्रले सुनसरी धरानको दर रेटमा माघ २०७६ को पहिलो हप्ताबाट नियमित खरिद गर्ने गर्दछ । हाल समूहका सबै किसानहरू धेरै खुसी र उत्साहित भएका छन् । दैनिक १५ देखि २० क्विन्टल अर्थात् १५०० केजी देखि २००० केजी तरकारीहरू खरिद विक्री केन्द्रले क्रेटमा तरकारी राखी तरकारी बोक्ने गाडीमा ढुवानी गरि लगिरहेको कृषक समूहका अध्यक्ष बताउँछन् । दैनिक रूपमा रू ४०,००० देखि ५०,००० रूपैया बराबरको कारोवार भईरहेको अध्यक्षले जानकारी दिनुभयो । कृषकहरूले तरकारी बिक्री वितरण गरी प्रति किसान मासिक रूपमा रू. २०,००० भन्दा बढी आम्दानी गरिरहेका छन् । आम्दानी वृद्धि भएका कारणले तरकारी खेतीमा संलग्न ती किसानहरु उत्पादनको क्षेत्रफल बढाउन उद्दत देखिन्छन् भने समुदायमा आसपासका किसानहरू पनि तकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020