RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

सुगन्धित तेल बालीबाट जनसमुदायको आम्दानीमा वृद्धि

आजभन्दा ४ वर्ष अगाडिसम्म आम्दानीको श्रोत नभएको लालवन्दी नगर पालिका १०, सर्लाही चन्द्रपुरका महिलाहरु आजभोलि जडिवुटी खेतीमा काम गरेर आय आर्जन गर्न सफल भएका छन्, घरायसी अन्य कामबाट फुर्सद मिल्नासाथ उनीहरु नजिकै रहेका आफ्नो कवुलियत बनक्षेत्र भित्रको प्लटमा लेमनग्रास, सिट्रोनेला, पामारोजा काट्न, रोप्न, गोडमेल गर्न, सुकाउन र प्रशोधनको लागि प्रशोधन यन्त्रसम्म पुर्यायाउने काममा व्यस्त रहेका छन् ।

५३ वर्षिय कल्पना पाख्रिन र ५७ वर्षिय रामकलि वि.क. लगायत ३६ जना जनजाती, दलित र मधेशी महिलाहरु मिलेर जिल्ला वन कार्यालय, सर्लाहीबाट ७ वटा कवुलियत वनको २८ हे. क्षेत्रफल मध्ये ११ हे. क्षत्रफलमा सुगन्धित तेलजन्य जडिवुटी खेती गरिरहेका छन्। जसबाट उनीहरुलाई वार्षिक ७० देखि ११४ हजार रुपैयासम्म आम्दानी भइरहेको छ । यसबाट यहांका किसानहरूले घरपरिवार, वालबच्चाको खर्च र औषधी उपचार गर्न समेत पुर्याएका छन् ।

अहिले त्यस क्षेत्रका महिलाहरुले जडिवुटी खेतीबाट आम्दानी गरेको देखि लालवन्दी नगरपालिकाका अन्य वार्डहरुमा समेत जडिवुटी खेती गरी आय आर्जन गर्ने महिलाहरुको संख्या उल्लेख्य रुपमा वृद्घिभएको जिल्ला वन कार्यालय सर्लाहीको तथ्यांक रहेको छ । त्यसमध्ये लालवन्दी नगरपालिका क्षेत्रमा मात्रै २७ बटा कवुलियत वन विपन्न गरिवलाई उपलब्ध गराइएको व्यहोरा त्यस क्षेत्रका रेन्जर बताउनु हुन्छ ।

 सर्लाहीको तथ्यांक रहेको छ । त्यसमध्ये लालवन्दी नगरपालिका क्षेत्रमा मात्रै २७ बटा कवुलियत वन विपन्न गरिवलाई उपलब्ध गराइएको व्यहोरा त्यस क्षेत्रका रेन्जर बताउनु हुन्छ ।

यसै क्रममा सर्लाही जिल्ला अन्तर्गत लालवन्दी नगरपालिका मा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्घि) कार्यान्वयन गर्ने सम्झौता भएपछि त्यस क्षेत्रमा किसान व्यापारी, प्रशोधनकर्ता कमिसन एजेन्ट लगायत सरोकारवाला निकायसँग गएको वर्ष महोत्तरीको बर्दिबास नगरपालिकामा बहुसरोकारवाला गोष्ठीको आयोजनाबाट त्यस क्षेत्रमा खेती गर्ने महिलाहरुको जोस र जाँगरमा थप हौसला प्राप्त भएको छ । किनकि सुगन्धित जडिवुटीको व्यापारी र खरिदकर्ता वीचको स्वस्थ प्रतिस्पर्धाका कारण तेल को मूल्य प्रति के.जी ४०० देखि ६०० सम्म वृद्घि भएको छ र उनीहरु जडिवुटीको खेती विस्तारको लागि  'समृद्धि´ आयोजनासँग  आर्थिक तथा प्राविधिक सहयोग माग गरिरहेका  छन्। आउने वर्षायाममा २० हे. थप क्षेत्रफलमा लेमनग्रास, सिट्रोनेला र पामारोजा खेती विस्तार गर्न प्रतिवद्ध रहेका छन् ।

त्यसै गरी त्यस क्षेत्रमा जडिवुटी खेती बढ्ने र क्षेत्र समेत विस्तार हुने देखेर निजी क्षेत्रका व्यपारीले थप २ वटा प्रशोधन यन्त्र समेत जडान गरी प्रशोधन गरिरहेका छन् ।

यसरी खेर गएको वन क्षेत्रको जग्गा स्थानीय समुदायलाई हस्तान्तरण गरी कवुलियत वन दिएपछि त्यस क्षेत्रमा बोट विरुवा  पुन:उत्पादन भई वनको हैसियत समेत सुध्रिएको र थारै भएपनि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी जलवायु परिवर्तनको प्रभावबाट बच्ने प्रयास त्यस क्षेत्रका महिला दिदी बहिनीहरुले गर्नुभएको छ। यसलाई आफैँमा सकारात्मक तथा सरहानिय प्रयास मान्न सकिन्छ ।

लालवन्दी नगरपालिका १० चन्द्रपुरका महिलाहरुले खेर गएको जंगललाई कवुलियत वनको रुपमा लिई जडिवुटीबाट आय आर्जन गरेका त छन् नै समाजमा हुने अन्य सामाजिक विसंगति समेत हुन नपाइ आफ्नो खाली समयको भरपुर उपयोग गरी जडिवुटी विकास सहकारी संस्था लि. को स्थापनाबाट थप आत्मविश्वास समेत बढाएका छन् ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020