RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

किसानहरू वित्तीय शिक्षाको महत्व बुझ्दै

          

धनकुटा नगर पालिका ९ वेलहरा रोइला बस्तीका अधिकांश किसान जीविको पार्जनका लागि कृषि पेशामा आश्रित छन् । तरकारी खेतिमा नाम चिनिएको रोईलावस्तिको तरकारी स्थानीय सहकारीको माध्यमबाट धरानको बजारसम्म पुग्दछ । यस बस्तीका युवा पुरुषहरु वैदैशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दो छ । तसर्थ गाँउमा बालबालिका, महिला र बृद्ध, बृद्धाहरु बढी छन् । प्राविधिक ज्ञानको अभाव, अशिक्षाले गर्दा यस गाँउका किसानहरू व्यवशायिक रुपमा पछाडि परेको यथार्थ पनि उत्तिकै सांचो हो। वि.स. २०७५ सालमा "समृद्धि" आयोजनाको सहजीकरणमा उक्त बस्तीमा क्रान्ति तरकारी उत्पादक कृषक समुह गठन भयो । समुहमा सदस्यका रुपमा आवद्ध भएकी सबिना बासतोला सकृय कृषकमा पर्दछिन् ।                                                                               

सोही कृषक समुहमा व्यवशायिक तथा वित्तीय साक्षरता वृद्धि गराउने उद्देश्यले आयोजनाले ३५ हप्ते वित्तीय शिक्षा तथा व्यवशायिक ज्ञान तालिम सञ्चालन गरेको छ । बास्तोलाले हामीसँग भनिन् “हामीलाई ढुंगा खोज्दा देऊता भेटे जस्तै भएको छ, यस वित्तीय शिक्षा तालिमले मेरो जिवनमा खुशि ल्याएको  छ” ।

एक वर्ष देखि उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर चलाउन र छोरा छोरी पढाउन कठीन छ । घरमा सासु, एक छोरा र एक छोरी छन् । दुई रोपनी जग्गामा तरकारी खेति गर्दै आएकी सविनाले यस तालिमबाट धरै कुरा सिकेकी छन् । तालिम लिनुभन्दा अगाडि अरूसँग बोल्न हिच्किचाउने, हिसाब किताब राम्रो सँग गर्न नसक्दा तरकारीको उचित मुल्य नपाउने, व्यापारीले भनेकै भाउमा बेच्नु परेको उनी बताउंछिन् । तालिम पछि हिसाब किताब आंफै गर्न सक्ने भएकी छन् । विदेशबाट श्रीमानले पठाएको पैसा सदुपयोग गरी उद्यम व्यवशाय गर्ने र श्रीमानलाई समेत स्वदेशमा बोलाई केही गर्ने सोच बनाएको उनले बताइन् ।

 

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020