RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

व्यवसाय सुरु गरेपछि फेरिएको दिनचर्या

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १० की प्रभा श्रेष्ठ कुनै बेला बेरोजगार हुनुको को पीडा भोगिरहेकी थिइन् ।  दस  जना  सदस्यहरु भएको संयुक्त परिवारमा बस्ने उनलाई  आफ्नो परिवारको आर्थिक स्थिति सबल गर्नका निम्ति केही काम गर्नै पर्छ भन्ने सधै लागिरहन्थ्यो ।  साधारण पढाइले खासै काम पाउने सम्भावना पनि थिएन । अन्य व्यापार व्यवसायको पनि अवसर भेटिनन् उनले । उनलाई  शृरङ्गारको काम गर्नमा  रुचि थियो र आफ्नै  रुचिको काम गर्न पाए हुन्थ्यो भन्ने सोच्दथिन उनी ।

२०७६ साल बैशाख महिना तिरको कुरा हो । सहायक व्यूटिसियनको निशुल्क तालिमको अवसर आयो गाउँमा । यो कुरा उनले स्थानीय एफएमले प्रशारण गरेको सूचनाबाट थाहा पाइन् । यो अवसरको व्यवस्था समृद्धि आयोजना अनतर्गत तालिम तथा रोजगार सेवा प्रदायक संस्था क्रियटिव स्किल्स प्राइभेट प्रा. लि.ले मिलाएको थियो । तालिमको सम्पूर्ण प्रकृया पूरा गरे पछि उनी तालिमका लागि छनौट भइन् । २०७६ को जेठ महिनामा सुरु भएर भदौ महिनामा समापन भएको सहायक व्यूटिसियनको ३९० घण्टा अवधिको तालिमबाट उनले सहायक व्यूटिसियनको सीप सिकिन् । आफ्नै व्यवसाय कसरी सुरु गर्न सकिन्छ भन्ने जानकारी पनि उनले त्यस तालिमबाट पाइन् । तालिम सम्पन्न भएपछि व्यवसाय स्थापनाका लागि परिवारमा छलफल गरिन् । उनको प्रस्तावमा परिवारका सबै जना सहमत भए । आवश्यक लगानी जुटाउने र स्थानको व्यवस्था गर्ने कार्यमा उनलाई परिवारको राम्रो सहयोग प्राप्त भयो । लगानीका लागि सरसापटी गर्ने र सहकारीबाट ऋण लिने काम भयो । फलस्वरुप २०७६ भाद्र २ गते उनले आफ्नै व्यूटिपार्लर सुरु गरिन् । “मैले सिप सिकेर आफ्नै  व्यवसाय गर्न पाएको दिन मेरा लागि असाध्यै खुसीको दिन थियो” उनी सम्झन्छिन् ।

प्रभा  आजभोली आफ्नो ब्यवसायमा निकै नै व्यस्त देखिन्छिन् । उनको सेवा स्तरिय र  व्यवहार मिठो भएकाले उनको मा नै सेवा लिन आउदछौ भन्दछन् उनका ग्राहकहरु ।  ब्यूटीपार्लर सम्बन्धि आएका नयाँ प्रविधि तथा तरीकाहरुका बारेमा जानकारी लिन विभिन्न कार्यशाला तथा गोष्ठिमा सहभागी भैरहन्छिन प्रभा । हाल उनी आफ्नो  ब्यूटीपार्लरमा यस पेसासँग सम्बन्धित सिप सिक्न चाहने महिलाहरुलाई प्रशिक्षण पनि दिने गर्दछिन् । अहिले उनले मासिक  कमाइ  राम्रो छ । व्यवसाय सुरु गरेको केही महिनामै उनले ब्यूटी पार्लरकै कमाइबाट ऋण पनि चुक्ता गरिसकेर  केही रकम सहकारी संस्थामा बचत समेत गर्ने गरेकी छिन् । यसरी उनी  आफ्नो सपना साकार भएकोमा र आफ्नो घरपरिवारलाई आर्थिक रुपमा सहयोग गर्न सक्ने भएकोमा  निकै नै प्रोत्साहित भएकी छिन् । “व्यूटिपार्लरले दिनचर्या फेरिएको छ आजभोली । पहिले घरकै काममा समय जान्थ्यो । कमाइ केही हुदैन्थ्यो अहिले निश्चित समयमा घरबाट निस्कन्छु । पार्लरको काम सकेर घर जान्छु । एउटा उत्पादनमूलक दैनिकी बनेको छ” उनी बताउँछिन् ।

उनलाई सिप सिक्न अवसर जुटाइदिएर आत्मनिर्भर बन्न सहयोग गर्ने समृद्धि आयोजना सञ्चालन गर्ने उध्योग, बाणिज्य तथा आपूर्ति मञ्त्रालय, आयोजनालाई आर्थिक सहयोग गर्ने कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको तथा प्राविधिक सहयोग हेल्भेटासको नेपाललाई  धन्यवाद दिन्छिन् ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020