RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

धनकुटा-३ लाई सामुहिक बाख्रापालन व्यवसायको नमुना गाउँ बनाउँदै किसान समुह सदस्यहरु

ग्रामीण उद्यम तथा विप्रेषण आयोजनासंग आवद्ध धनकुटा ३ मा रहेको पात्ले उन्नत बाख्रापालन समुहका सदस्य लोकेन्द्र पराजुलीले सुधारिएको नश्लको व्यबसायिक बाख्रापालनबाट मनग्गे आम्दानी गर्न सफल भएपछि छरछिमेकीहरुका लागि समेत प्रेरणा बन्न थाले : जनज्योति वचत तथा ऋण सहकारी संस्था, धनकुटाबाट सहुलियत कर्जा लिएर सुधारिएको खोर बनाई बाख्रापालनबाटै उज्वल भविष्य खोज्दै गरेका कर्मवीर किसानको कथा

नकुटा नगरपालिका वडा नं. ३, पात्लेमा २५ जना कृषकहरु आपसमा मिलेर पात्ले उन्नत बाख्रापालन समूह गठन गरी ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को सह-लगानीमा व्यावसायिक बाख्रापालन गर्दै आइरहेका छन् । धनकुटा ६ मा अवस्थित जनज्योति वचत तथा ऋण सहकारी संस्थाको सहजिकरणमा वडा नं. ३ मा पात्ले उन्नत बाख्रापालन समूह लगायतका ५ वटा बाख्रापालन समूहका अतिरिक्त एउटा गाईपालन समूह र दुईवटा तरकारी उत्पादन समूह गठन गरी सह-लगानीका लागि आयोजनामा प्रस्तावना पेश गरिएकोमा ५ वटै बाख्रापालन समुहमा समृद्धि आयोजनाबाट अनुदानको पहिलो किस्ता वापतको रकम निकासा भएपछि सबै समूहहरुले उत्पादन योजना मुताबिक काम गर्न थालिसकेका छन् ।

सहकारीले सहजीकरण गरी गठित समूह मध्ये ५ वटा बाख्रापालन समुहका १३१ जना सदस्यले जनज्योति वचत तथा ऋण सहकारी संस्थाको सदस्यता लिएका छन्, जसले गर्दा उनीहरुलाई खाँचो परेका बखत संस्थाबाट सहुलियत ऋण पाउन सहज भएको छ । समुहमा आबद्ध कृषक सदस्यहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन सहकारी संस्थाले सानाकिसान लघुवित्त वित्तीय संस्थाबाट रु. ५० लाख कर्जा लिई समूह सदस्यलाई लगानी गर्न शुरु गरिसकेको छ । पात्ले उन्नत बाख्रापालन समुहका १३ जना सदस्यहरुले सहकारीबाट रु. ५ लाख ३० हजार ऋण लिई खोरसुधारमा लगानी गरिसकेका छन् भने लाँकुरे, चाङ्लुङ्मा र पात्ले बाख्रापालन समुहकै ७ जना सदस्यहरुले गाईपालनका लागि रु. १४ लाख सहुलियत ऋण प्राप्त गरेका छन् ।

 

२०७१ सालमा फर्म दर्ता गरी बाख्रापालन व्यबसाय शुरु गरेका पात्ले उन्नत बाख्रापालन समुहका कृषक लोकेन्द्र पराजुलीले संस्थाबाट रु. २ लाख सहुलियत ऋण लिएर परम्परागत खोरलाई सुधार गरी बाख्रा पाल्ने योजना बनाए र १ लाख ५० हजार लगानी गरी ३ वटा सुधारिएको खोर निर्माण गरे । बाँचेको रकमबाट तीन माउ बाख्रा खरिद गरे । बिहान ७ बजे पुग्ने हो भने उनका टाट्नामा सुधारिएको नश्ल भएका झन्डै ५० वटा बाख्रा पाठा घाँस खाइरहेको देख्न सकिन्छ ।

समुहमा आबद्ध भएपछि पराजुलीले खोर सुधार गरेर र आफ्नै बारी कान्लामा घाँस खेति गरेर अझ व्यवस्थित रुपमा बाख्रापालन गर्ने योजना बनाए र योजना मुताबिक काम गरे। हाल उनको बारीमा नेपियर, इपिल-इपिल, किम्बू, बडहर जस्ता उन्नत जातका र पौष्टिक घाँस खेति गरिरहेका छन् भने खेति गर्ने क्षेत्रफल विस्तार गरी करिब २५ रोपनी पुर्याईसकेका छन् ।

उनीसंग भएका जाति सबै बाख्रापाठा सुधारिएको नश्लका छन् । जमुनापारी, किको र बोयरसँग खरी जातका बाख्रालाई क्रस गराई उत्पादन गरिएका १८ माउ बाख्रा र ३० पाठापाठीलाई स्याहारसुसार गर्न परिवारका पाँचजना प्रत्यक्ष संलग्न रहने गरेका छन् । “अहिले खोरमा खसी कतिवटा होलान् ?” हाम्रो जिज्ञासामा पराजुलीको उत्तर थियो “ वास्तवमा भनेजस्तो खसी भन्न लायक मात्र एउटा १०० प्रतिशतको बोयर बोको छ खोरमा । खसी त हुनै पाउदैन, पाठापाठी नै राम्ररी बिक्छन् ।“

खसी ठूलो बनाउन वास्तवमै खर्चिलो पनि हुने अनुभव सुनाउँछन् उनी । “खसी ठूलो पारुन्जेल पाल्नु भन्दा त पाठापाठी बेच्नै फाइदा हुन्छ । ३ देखि ४ महिनामा पाठपाठी बेच्ने हुन्छन् । पाठो सरदर २० हजारमा बिक्छ, पाठी १० हजारमा“ उनी अनुभव साझा गर्छन् । उनका अनुसार वार्षिक १५ देखि २० वटा पाठपाठी बिक्रिबाट सरदर अढाई देखि तीन लाख आम्दानी लिने गरेका छन् भने आगामी वर्षदेखि विभिन्न घाँसको बेर्ना बिक्रीबाट पनि राम्रो आम्दानी लिने कुरामा उनी ढुक्क छन् ।

अरु चारवटा समुहसंग सल्लाह गरेर एउटा बाख्रापालन सहकारी संस्था गठन गरी धनकुटा-३ लाई सामुहिक बाख्रापालन व्यवसायको नमुना गाउँ बनाउने सोचमा छन् लोकेन्द्र लगायत पात्ले समुहका अन्य सदस्यहरु । समृद्धि आयोजनाको सहकार्यमा शुरु गरिएको कामलाई अभियानकै रुपमा लैजान सके बाख्रापालन सहकारीको संयोजनमा वडा नं. ३ नमुना बाख्रापालनको हब बन्न सक्नेमा जनज्योति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं धनकुटा वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे आशावादी देखिनुहुन्छ। “ समुहको दिगोपनाको लागि यस कार्यलाई अभियानकै रुपमा लिएर अघि बढ्न म आतुर छु र समुहका सदस्यहरुको राम्रो साथ पाएँ भने सहकारी बनाएर समृद्धि आयोजनाको हौंसलालाई जीवन्त राख्ने छु”- अध्यक्ष घिमिरेको कथन रहेको छ ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020