RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

सहकारीको साथले मिल्यो व्यावसायि बन्ने हौसला

हडिया बुधबारे झापा माइती घर भएकी इन्दिरा फूयाँल–३९ ले मोरङ्ग सुन्दरहरैचा बस्ने बिष्णु फुयाँलसँग प्रेम विवाह गरिन् । विवाह अघिका स्वपनिल सपना त्यतिवेला चकनाचुर भयो जतिबेला उनले सात जनाको परिवारसँगै चरम् आर्थिक अभाव खेप्नु पर्यो । केही वर्षपछि दुई छोरा छोरी सहित चार जनाको जाहान छुटिएर बस्ने निधो गरे । अंशमा परेको १० धुर जग्गा र एक माउ बाख्राले जीविका चल्ने कुरै भएन। त्यसपछि विष्णु विदेशतिर हानिए । आफ्ना दुई जना छोरा छोरी र पतिका आमा बुवा सहित सम्पूर्ण परिवार समाल्ने जिम्मेवारी थपिंदा पनि १६ वर्षको कलिलो उमेरमा विवाह गरेकी इन्दिरा संघर्ष भने गर्न छाडिनन् ।

विदेशिएको केही महिनामै श्रीमान विरामी भएको भन्ने खवरले झन मार्माहित बनेको इन्दिराको परिवारले उल्टै नेपालबाट पैसा खेप्नुपर्ने भयो । जेनतेन गरेर अलिकति पैसा त जुटाएर पठाए तर तिर्नको लागी फेरि स्रोत जुटाउन निकै गाह्रो भएको बताइन्। उता श्रीमान घरको आर्थिक अवस्थालाई सम्झेर विदेश जादाँ खेरी लागेको ऋण जसरी भए पनि तिर्ने संकल्पमा सकिनसकि काममा जुटिराखे तर यता घरको अवस्थामा भने खासै केही पनि सुधार आएको थिएन । समस्या जस्ताको तस्तै । सधैं यसरी जिन्दगी चलाउन गाह्रो भएपछि एक माउ भैंसी ऋण गरेर इन्दिराले किनिन् र पछि दुधबाट केही आम्दानी भयो र अलि सहज भएको महसुस गर्न थालिन् ।

उता श्रीमाम भने अव बाँकी रहेको ऋण कति छ त्यत्ति सक्न पाए आफ्नै देश फर्कन्थे भनेर दिन गन्दै बसेको अवस्था थियो। केही महिनापछि श्रीमान विदेशबाट फर्किए तर अवस्था भने ज्युँकातिँउ नै! लामो सुस्केरा हाल्दै इन्दिराले भनिन्। त्यसपछि साना साना काखे बालक आमाबुवालाई छाडेर इन्दिरा आफैं विदेश जाने निधो गरिन्। जसले अवका दिनमा परिस्थिती के हुने हो झन सोचनीय बन्न पुग्यो । आफुसँग साथमा केही रकम नहुँदा आफन्तसँग सापटी गरेर अभावमा गुज्रेको जिन्दगीलाई पूर्णता दिने आशामा आमाको साथको खल्लो महसुस गरेका कलिला छोराछोरीसँगको बिछोड, परिवार, साथीभाई, आफन्त,आफ्नो देश छोडेर विदेशिनु आफैमा पिडादायक त थियो, विदेशमा महिनाको ६०,००० नियमित तलब बाहेक अन्य काम गरेर घरमा पैसा पठाउँथिन् । धेरै संघर्ष पश्चात केही रकम जोहो गरेर स्वदेश फर्कने निर्णय गरीन्। यता श्रीमानले पनि घरमा भैसी,बाख्राको संख्या बढाएर केही आम्दानी गर्न थालिसकेका थिए। १० कठ्ठा जग्गा पनि जोड्ने क्षमता बनाएका फँयाल दम्पत्तिले अव केही स्थायित्वको महसुस गर्न थालेका थिए ।

समृद्धि आयोजनासँग सहकार्य गरिरहेको सुरक्षा सामाजिक सहकारीले गोठ सुधार लगायतमा किसानहरुलाई सहयोग गर्नको लागि अनुदानका लागि संस्थाहरुमा प्रस्तावना हालेको छ । व्यवस्थापक इन्द्र कुमार तिम्सिना भन्छन् ‘यदि यो कार्यक्रम आयो भने हामी उहाँहरुलाई केही प्रतिशत अनुदान उपलब्ध गर्न सक्छौ’ ।


 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020