RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

बजार सुनिश्चित हुँदा दूध उत्पादक कृषकहरूको व्यवसायिकतामा सुधार

मुख्य विषय–वस्तु:  दुग्ध आपूर्ति श्रृङ्खलाको प्रवर्द्धन  

सामाजिक इकाई:  उदयपुर चौदण्डिगढि नगरपालिका ९ र १० बस्ती

सफलताको कथा मिति:  माघ, २०७६              

सदरमुकाम नजिक भएपनि दूधको बजार नपाएका कारण चौदण्डिगढी नगरपालिका, हँडियाअवस्थित जनोत्थान पशु तथा कृषि सहकारी संस्थाका कृषकहरूले दूध बिक्रीका लागिजिल्लाभित्र बाहिरका धेरै डेरीहरूमा चाहार्नु पर्दथ्यो। कहिले सप्तरी बरमझियाका पेडावाला त कहिले गाईघाटका डेरीवालाले दूध किन्दथे। तथापि नियमित रूपमा दूध नलाने, मिल्क एनालाइजरबाट पनि मापनमा ठगिने जस्ता समस्याले कृषकहरू हतोत्साही थिए। यसैक्रममा ‘समृद्धि’ आयोजनाको सहजीकरणमा व्यापारी, नगरपालिका प्रतिनिधि, स्थानीय सहकारी, सेवा प्रदायक र कृषकहरूबीच व््यवसाय सम्बन्ध(बि२बि) अन्तरक्रिया सञ्चालन भयो। फलस्वरूप धरान डेरीबाट नियमित दूध खरीद गर्ने सहमति भयो। र, समृद्धिकै सहजीकरणमा २०७५ पौषमा ४० जना कृषकहरू आवद्ध गौरीगासाई दुग्ध उत्पादक कृषक समुह गठन भयो। चौदण्डिगढी नगरपालिका, घरेलु तथा साना उद्योग बिकास समिति मार्फत वित्तीय सहयोग तथा हडीया बजार व्यवस्थापन समितिको जग्गा सहयोगमा जनोत्थान सहकारीमा १००० लिटर क्षमताको चिलिङ भ्याट, भवन र मिल्क एनालाइजर सेटको व्यवस्था भयो।

शुरुमा धरान डेरीले सहकारीको सङ्ककन केन्द्रमा सङ्कलित ३०० लि. दैनिक दूध खरिद गर्दथ्यो भने हाल १२०० लि. दूध खरिद हुन्छ । विगतमा रू.३४ देखि रू.४२ प्रति लिटरमात्र पाइरहेका कृषकहरूले हाल रू ६० सम्म दूधको मूल्य पाएका छन् । २०७६ चैत्र महिनाभित्र धरान डेरीबाट मात्र करीब रू. ९००,००० बराबरको दूधको कारोबार भएको छ । डेरी र समुहले गरी रू ०.५० को कल्याणकारी कोष खडा गरिएको छ। हाल यस स्थानमा अन्य निजि क्षेत्रको पनि दूध खरीदमा आकर्षण बढेको छ । गाईघाटका राधाकृष्ण र पाथिभरा डेरी तथा स्थानीय पनिर उत्पादकहरूबाट दूधको खरीद भइरहेको छ।


बजार र दूधको बिक्री सुनश्चित भएपछि लक्ष्मी बैंकसँगको सहकार्यमा ५० जना कृषकहरूले रू.८५,००,००० कर्जा प्राप्त गर्न सफल भएका छन् । समुहमा ६७ प्रतिशत सदस्यहरू वैदेशिक रोजगारीसँग सम्बन्धित छन्। चौदण्डिगढी नगरपालिका, वडा कार्यालय तथा आयोजनाको साझेदारीमा समुहले उन्नत जातको घाँसको खेतीका लागि सिंचाई, बीउ बीजन, घाँस काट्ने मेशिन (चाफ कटर), गोठ सुधार तथा प्राविधिक परामर्श जस्ता कार्यक्रमहरू कार्यान्वयनको चरणमा छ ।

दूध अधिक उत्पादन हुने सिजनमा संकलित दूधको बजारीकरणमा हुने समस्याको दिगो समाधानका लागि समूह, सहकारी, आयोजना तथा जीवन विकास डेरी विराटनगरबाट संयूक्त पहल भइरहेको छ । समुहका अध्यक्ष राधिका दाहाल समृद्धि आयोजनालाई धन्यबाद दिदै भन्छिन्, “एक बर्ष अघि परम्परागत कृषि उत्पादनको रूपमा चिनिएको हँडिया अहिले जिल्लाको मुख्य दूध उत्पादन पकेट क्षेत्रको रूपमा परिचित भएको छ। यसबाट नगरपालिका र जिल्लामा रहेको दूध उत्पादक कृषक, वैदेशिक रोजगारबाट फर्केर आएका यूवा तथा सहकारीहरूलाई पनि प्रेरणाको मिलेको छ। यो पशुपालन र दूधको कारोवारबाट हामीले घरायसी खपतका अतिरिक्त घरखर्च चलाउन र बाल बच्चालाई शिक्षा, स्वास्थ्य दिलाउनमा ठूलो भरथेग मिलेको छ। अव हामीले सोका निम्ति कसैको मुख ताक्न पर्दैन।”

 

 

 

 

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020