RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

व्यावसायिक सीप विकास तालिम सम्पन्न

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) संगको सहकार्यमा हेल्भेटास नेपालले प्रदेश नं. १, २ ३ का विभिन्न नगरपालिका तथा पालिकाहरुमा आर्थिक रुपले विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरी निःशुल्क ब्यावसायिक सीप विकास तालिम सञ्चालन गर्ने योजना अनुसार तालिम सञ्चालन गर्न छनौट भएका ३० वटा तालिम तथा रोजगार प्रदायक संस्थाहरुलाई ब्यावसायिक सीप विकास तालिम सञ्चालन तथा अनुगमन सम्बन्धि अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको छ ।

जस अन्तर्गत ४–५ र ६–७ अप्रिल २०१९ गरी दुई चरणमा ईटहरीस्थित पाथीभरा होटलमा सम्पन्न भएको उक्त गोष्ठीमा पहिलो चरणमा १४ वटा र दोस्रो चरणमा १६ वटा तालिम तथा रोजगार प्रदायक संस्थाहरुलाई समावेश गरिएको थियो । प्रदेश नं. १ अन्तर्गत २६ वटा र प्रदेश नं. २ अन्तर्गत ३१ तथा प्रदेश नं. ३ अन्तर्गत १  वटा गरि जम्मा ५८ वटा पालिकाहरु यसवर्ष ५२०० जना युवालाई लक्षित गरि विभिन्न ९ वटा क्षेत्र अन्तर्गतका २३ वटा तालिम विषयहरुमा छोटो अवधिको तालिम सञ्चालनका लागि तयार गरिएको तालिम सञ्चालन तथा अनुगमन निर्देशिका उपर बिस्तृत छलफल भएको थियो ।

दुई दिन सम्म सञ्चालन भएको उक्त गोष्ठीमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटासका स्रोत ब्यक्तिहरुबाट तालिम तथा रोजगार प्रदायक संस्थाहरुलाई तालिम सञ्चालनको प्रकृया र गुणस्तर, लक्षितवर्ग, संघीय प्रणाली अन्गर्तत कसरी स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने भन्ने कुराको जानकारी गराइएको थियो । साथै तालिम कार्यान्वयन र अनुगमन सम्बन्धी विभिन्न कुराको मार्गनिर्देशन पनि गरिएको थियो ।

 

Copyright RERP | SAMRIDDHI © 2020