RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

ज्ञान व्यवस्थापन तालिम: घटना अध्ययन तथा कथा लेखन

"समृद्धि" आयोजना व्यवस्थापन कार्यालय को आयोजनामा मिति २०७६ पुष ६ देखि ८ गते सम्म, होटल क्राउन प्लाजा जनकपुरधाममा ज्ञान व्यवस्थापन तालिम-घटना अध्ययन तथा सफलताको कथा लेखन कार्यक्रम संचालन भएको छ। तालिममा आयोजना कार्यक्षेत्रमा कार्यरत "समृद्धि" आयोजना प्रदेश २ मा कार्यरत—जनकपुर करिडोर कार्यालय टिम, सुपरिवेक्षक, सहजकर्ता, आप्रवासी स्रोत तथा सूचना केन्द्रका सूचना अधिकृत र सहायक, हेल्भटास समृद्धिका कर्मचारी तथा आयोजना व्यवस्थापन कार्यालय इटहरीका योजना, मूल्यांकन तथा ज्ञान व्यवस्थापन टिम सहित कुल ५५ जनाको सकृय सहभागिता रहेको छ । उज्यालो मल्टिमिडिया प्रा.लि, ललितपुरले तालिम कार्यक्रमको सहजिकरण गरेको छ। आयोजना प्रमुख श्री सरोज प्रसाद गुरागाईं तालिम कार्यक्रममा उपस्थित हुनु भई कार्यक्रमलाई उपलब्धिमुलक बनाउन हौंसला प्रदान गर्नु भयो। आयोजना व्यवस्थापन कार्यालयका योजना अनुगमन तथा मूल्यांकन टिमका श्री हिमनिधि न्यौपाने र श्री राजु गड्तौलाले कार्यक्रम अवधिभरको संचालनमा सहजिकरण गर्नु भयो भने तालिम कार्यक्रमको संयोजन आयोजनामै कार्यरत ज्ञान व्यवस्थापन विज्ञ श्री सुजना धितालले गर्नुभएको हो।

Copyright RERP | SAMRIDDHI © 2020