RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

अघि बढ्न आधार पाएँ

धन कमाएर आफ्नो परिवारलाई खुशी दिलाउछु भनेर विदेसिएका आफ्नो श्रीमान रातो वाकसमा घर फर्कदा त्यो श्रीमतीको मनमा कति बज्रपात पर्यो होला । मनभरि मिठो सपना बोकेर मलेसिया गएका धनकुटाका खिर वहादुर विश्वकर्मा अन्ततः मलेसियामै अस्ताए ।

अस्पतालको शैयावाट फोनको घण्टी वज्दा कमलाको होस उड्यो, रुन्चे स्वरमा नानीहरुको  खवर अनि आमावुवाको खोजी गर्दागर्दै मलेसियामा नै अस्ताएका खिर वहादुर विश्वकर्मालाई जण्डिस भई मिति २०७६ भदौ ५ गते मृत्यु भएको थियो । उनकै भरोसामा वसेका उनकी श्रीमती र कलिला नानीहरुको हाँसो खुशी पल भरमै हावामा नै मेटिन पुग्यो । मनभरी परदेशमा कमाउने सपना वोकेर मिति  २०७४\०३\०१ गते वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृती लिएर ३५ वर्षीय खिर वहादुर विश्वकर्मा मलेसियाको सुपर प्लास्टिक इन्डस्ट्रिच एस.डि.एन.वि.एच.डी कम्पनीमा लिवर्टी एच.आर.कन्सलटेन्सी प्रा.लि. मार्फत विदेसिएका थिए ।  ज्यानै नरहे पछि न खीर वहादुरको सपना पुरा भयो !  न त उनकी पत्नी कमलाको खुशी नै रह्यो !

मृत्यु हुनु भन्दा केहि समय अघि “म अव नेपाल फर्कन नपाउने भए राम्रोसँग आफू लगायत साना हाम्रा नानीहरुको ख्याल गर्नु भनेका थिए,” उनकी पत्नी कमला विश्वकर्मा भन्नुहुन्छ । उनको मृत्यु अघि खीर वहादुरलाई आफ्नो परिवारको भविष्य अव के हुने होला भनि निकै नै चिन्ताले सताएको थियो रे । खीर वहादुरको उपचार नलाग्ने जस्तो वुझे पछि उनी झन निकै नै दुःखी भएका थिए अनि आफ्ना साना नानीहरुसँग फोनमै वोलेर उनले आफ्नो आखिरी स्वास लिएका थिए ।

सुन्दर सपना वोकेर कमाउन गएका श्रीमानको विदेशमै मृत्यु भई उनि रातो वाकसमा घर फर्के पछि अव कमलाको जीवनमा आँधी हुरी मडारियो । अवको हाम्रो भविष्य के हुने होला ! यो स्वार्थी समाजसँग कसरी मुखरित हुने होला !  मेरो साना साना नानीहरुको भविष्य के हुने होला भन्ने चिन्ताले सतायो । यहि वेला वैदेशिक रोजगारमा गएका व्यक्तीको मृत्यु पछि वैदेशिक रोजगार वोर्डवाट आर्थिक सहायता पाउने खवर पाए र यसको लागि धनकुटा नगरपालिका र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को साझेदारीमा जिल्ला प्रशासन कार्यालय धनकुटामा संचालित आप्रवासी श्रोत केन्द्र धनकुटावाट सहयोग र सहजिकरण हुने खवर पाएपछि कमला र उनका साना नानीहरु श्रोत केन्द्रमा आउनु भएको थियो । उहाँको सम्पुर्ण कागजातहरु हेर्दा करार अवधि भित्र नै उनको मृत्यु भएको कारण श्रोत केन्द्रले सम्वन्धित निकायमा उनको कागजात लगायत उहाँलाई नै पठाएर वैदेशिक रोजगार वोर्ड र विमा कम्पनिवाट आर्थिक सहायता (रु २१,००,०००। अक्षरेपी एक्काइस लाख मात्र) दिलाउन सफल भएका छौ । यसरी कमलाको जीवनमा आएको आँधीहुरी अनि हराएको खुशी र चिन्तामा थोरै भए पनि मलमपट्टी पछि आशा र हराएको खुशी फर्किएको छ ।  खीर वहादुर र कमलाको कलिला नानीहरुको भविष्य र वाँकी जीवनमा थोरै भए पनि  उर्जा मिलेको छ ।  अवको घर व्यवहार धान्ने र नानीहरुलाई राम्रो शिक्षादिक्षा दिने आशा पनि पलाएको छ ।  अन्त्यमा आप्रवासी श्रोत केन्द्र धनकुटाको सहयोगलाई मुरी मुरी धन्यवाद दिन चाहानु हुन्छ कमला ।

वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि भित्र गन्तव्य मुलुकमा वा स्वदेशमै कुनै घटना घटेमा अर्थात मृत्यु भएमा, अङ्गभङ्ग, गम्भीर प्रकृतिको विरामी भएमा निमय अनुसार वैदेशिक रोजगार वोर्डवाट आर्थिक सहायता पाउने व्यवस्था छ ।

 

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020