सहकारी संस्थाको सहुलियतपूर्ण कर्जा उपभोग गरि खोटाङका युवराजले बाख्रापालन व्यवसाय विस्तार गरे

“बाझै रहे गाउँ घरका खोरिया

युवाजति गै हाले कोरिया”

भन्ने भनाईलाई गलत साबित गर्दै कोरिया नगई गाउँ फर्केका दि.रु.म.-१२, जाल्पाका युवराजले  जनसेवा बचत तथा ऋण सहकारी सहकारी संस्थाबाट सहुलीयतपूर्ण कर्जा उपभोग गरि  बाख्रापालन व्यवसाय विस्तार गरे

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ साविक जालपा २ वस्ने युवराज श्रेष्ठको आर्थिक अवस्था सामान्य रहेको छ । उनको परिवारमा चार जना  सदस्यहरू रहेका छन् । परिवारलाई सुखि राख्नको लागि कोरिया जाने सपना वोकेर काठमाडौंमा ईपियस भाषामा दुई वर्ष अध्ययन गरे तर भने जस्तो नभए पछी गाउँ फर्के, उनीले स्नातक सम्मको अध्ययन गरेका छन् ।

काठमाण्डौको दुई वर्षको वसाई पछि कडा मेहनत गरे नेपालमा नै केहि गर्न सकिन्छ भन्ने सोचका साथ गाउँ फर्किए । गाउँमा व्यवसाय गर्ने खासै कसैले चासो राख्ने चलन नभएकोले उनलाई के गर्ने भन्नेमा छट्पटी भयो । युवराजले आफ्नो गाउँमा रहेको जग्गामा घाँस रोप्ने र वाख्रा पालन गर्ने लक्ष्य राखे ।

उनले आफुसंग भएको केहि रकम र केहि ऋण लिएर वाख्राको खोर निर्माण गरि २०७४ सालमा पाँच लाख लगानिबाट वाख्रा पालन व्यावसाय सुरु गरे । वित्तिय स्रोत र सहि सल्लाहको अभाव भैरहेको वेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ साविक जालपा ३ मा रहेको जनसेवा वचत तथा ऋण सहकारी संस्थावाट वित्तिय साक्षरता सम्बन्धि तालिम संचालन हुँदैछ भन्ने उनले सुने । सहकारीमा खोजि गर्दै जाँदा ग्रामीण उद्यम तथा विप्रेषण आयोजनासंगको साझेदारीमा वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम हुने जानकारी पाएका उनी तालिममा सहभागि भए । उनी पहिले नै सहकारी संस्थाको सदस्य भै हरियालि वचत समुहमा वचत जम्मा गर्दै आएका थिए ।

सहकारी संस्थावाट संचालित तीन दिनको वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिममा पारिवारिक वजेट वनाउने देखि लिएर आम्दानीको श्रोत र खर्चको विवरण, वचत, पैसा र जिवनको सम्वन्ध, आम्दानी सन्तुलन, वित्तिय लक्ष्य निर्धारण र व्यस्थापन, व्यवसाय दर्ता तथा व्यावसायिक योजना निर्माण, वित्तिय सेवाग्राही तथा वित्तिय सेवा प्रदायक संस्थावारे ज्ञान प्राप्त गरे । सो तालिममा सिकेको कुरा सुनाएर योजना वनाउने कुरा गरेपछि आम्दानी तथा खर्चको सवै कुरा देखे परिवार पनि झन खुसि भयो ।

युवराजलाई पहिला आफुले लिएको ऋण कसरी तिर्ने भनेर खुव डर लाग्यो तर व्यावसायिक तालिम पछि व्यवसायिक योजनावारे थाहा भए पछि ऋण त आवश्यक रहेछ यो तरिकावाट व्यवसाय गर्दा सफल हुने रहेछ भनेर अझ वढी उत्साहित भए । उनको व्यवसाय पहिले नै दर्ता भएकोले परिवारसंग छलफल गरि व्यवसायिक योजना वनाएर आँफू सदस्य रहेको जनसेवा वचत तथा ऋण सहकारी संस्थामा कर्जाको लागि पेस गरे। सहकारी संस्थाको योजना साँच्चै सफल हुने देखेर व्यवसायिक सहुलियत कर्जा प्रदान गरेको छ । सहकारी संस्थाबाट २०७७।८।२२ मा रु.१० लाख कर्जा लिएर उनले प्रत्येक महिना रु १०,००० मासिक व्याज (सावा वुझाए अनुसार व्याज घटदै जाने ) र प्रत्येक वर्ष रु २००,००० सावा वुझाउने गरि पाँच किस्ता गरि पाँच वर्ष अबधि भएको कर्जा लिएर व्यवसायलाई सुधार गरि सुधारिएको वाख्रा खोर वनाएका छन् । उनले आँफूले वनाएको योजनाअनुसार प्रत्येक महिना सहकारीमा व्याज वुझाएका छन् । व्यवसायवाट वार्षिक रु ३५०,००० आम्दानी हुने गरेको छ । उनले सवै वाख्राको विमा गरि जोखिम कम गर्ने योजना पनि बनाएका छन्।

तीन दिनको व्यावहारिक ज्ञान तालिम पश्चात युवराजको परिवारमा सकरात्मक परिवर्तन भएको छ । घर परिवार तथा विदेशमा रहेको भाईले पनि उनको व्यवसायमा सहयोग गरेका छन् । व्यवसाय गर्नु भन्दा पहिला गाउँ डुलेर , साथि भाईसंग गफ गरेर समय विताएका उनी अहिले सम्झन्छन् तर अहिले उनलाई समयको राम्रो सदुपयोग भएको मात्र हैन घर परिवारमा हुने सानो-सानो कुराको मन मुटाव पनि कम भै परिवार खुसि रहेको भान भएको छ । व्यवसायको आम्दानीवाट उनको परिवार राम्ररी चलेको  छ । उनको व्यवसाय देखेर गाउँमा पनि साना-साना व्यवसाय संचालन गर्ने युवाहरुमा सकारात्मक सन्देश प्रवाह भएको छ । विदेश जाने मनसाय वोकेका युवाहरु पनि उनीसंग सर-सल्लाह लिने गरेका छन् ।

युवराजले सहकारीमा नियमित वचत गर्दै आएका छन् । वचत रकमलाई नियमित हुने मासिक खर्च घटाएर वचतमा वृद्घि गर्ने उनको योजना रहेको छ । सहकारीमा नियमित वचत गरेको रकमले उत्पादन क्षेत्रमा लगानि गर्ने साथै आँफूले संचालन गरेको व्यवसायलाई वृद्घि गर्ने योजना वनाएका छन् ।

व्यवसाय संचालन पछि उनको परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आएको छ । गाउँ समाजमा उनको छुट्टै परिचय वनाएकोबारे आँफु सन्तुष्ट रहेका छन् । आफ्नो गाउँलाई आत्मनिर्भर वनाउन साना-साना व्यवसाय गर्ने सबै युवाहरुलाई गर्न उनी प्रोत्साहीत गर्ने गरेका छन् ।

अव आउने दिनलाई उनी व्यवसायमा नै लगानि गर्ने र वाख्राको साथै अन्य नगदे वालिमा पनि व्यवसायिक वन्ने साथै सुधारिएको आधुनिक कृषिलाई अघि वढाउने सोच रहेको सुनाउँ छन् । गाउँ टोलमा रहेका सवै व्यवसायिहरुको समुह बनाएर एक आपसमा सहयोग गर्ने साथै स्थानीय बजारको खोजि गरि वाह्य आम्दानी वृद्घि गर्ने योजना रहेको छ । यसै व्यवसायिक ज्ञान तालिकको साथै यस समृद्घि आयोजनाका कार्यक्रम मार्फत उनी जस्तै तालिम लिएर व्यवसाय संचालन गरि रहेका युवाहरुलाई सहुलियत र आर्थिक वित्तिय कर्जा उपलव्ध भए अझ व्यवसाय विस्तार गर्न सहयोग हुने र तालिमका कार्यक्रमले ज्ञानको दायरामा वृद्घि हुने थियो भन्ने उनलाई लागेको छ।